अब ताजा निर्वाचनमा जानुपर्छ – देउवा



काठमाडौं असोज २०

पाँच दलको गठबन्धन वर्तमान सरकार गठन भएको ८४ दिन पुग्दा बाग्मतीमा धेरै पानी बगिसकेको छ । यो स्थितिमा मन्त्रिपरिषद्को पूर्णता र विस्तारलाई प्रमुख एजेण्डा मान्दै आइएकोमा राजनीतिले नयाँ कोर्ष लिन थालेको र मन्त्रिपरिषद् विस्तार ओझेलमा पर्न थालेको विश्लेषण हुन थालेको छ ।

वर्तमान सरकारका वरिष्ठ मन्त्रीसँगै सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरूले समेत मन्त्रिपरिषद् विस्तारलाई कम महत्वमा राखेर तथा मन्त्रिपरिषद्को विस्तारलाई भाँड्नेगरी सार्वजनिक रुपमा प्रतिक्रिया व्यक्त गर्न थालेका छन् ।

महाधिवेशन आउन २ महिना पनि समय बाँकी नभएको अवस्थामा नेपाली कांग्रेसका शीर्ष नेताहरूले समेत प्रधानमन्त्री देउवामाथि अर्ली इलेक्सनका लागि दबाब दिन थालेका छन् । प्रधानमन्त्री देउवा स्वयंले पनि मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा गम्भीर शर्त अगाडि सारेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालमाथि दबाब बनाउन थालेका छन् ।

गठबन्धनमा सामेल हुने भनिएका नेकपा एकीकृत समाजवादी यथास्थितिमा मिलेनियम च्यालेञ्ज कर्पाेरेशनलाई अनुमोदन गर्न नहुने अडानमा रहेको छ भने गठबन्धनको अर्काे दल जनता समाजवादी भने चाँडो एमसीसीलाई संसदबाट अनुमोदन गरेर अगाडि बढाउनुपर्छ भन्ने पक्षमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्