नयाँ सरकार बनेपछि नेताहरूका असुरक्षा बढेकाे हाे ?



काठमाडौं। नेकपा एमालेका सांसद नवराज सिलवालले उच्च तहका नेताहरूकाे सुरक्षाका लागि सुरक्षाकर्मी थप गरिएकाेमा गृहमन्त्रीकाे जवाफ मागेका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँणलाई नयाँ सरकार बनेपछि नेताहरूकाे सुरक्षा चुनाैती बढेकाे हाे भन्दै प्रश्न गरे।

उनले भने-” नयाँ सरकार आएपछि नेताहरूकाेअसुरक्षा बढेकाे हाे ? किन सुरक्षाकर्मी थपिएकाे हाे । यदी असुरक्षा हाे भनेपनि कानुन बनाएरै थपेकाे भए हुन्थ्याे।”

उनले सरकारले बिपद ब्यवस्थापनका लागी संघ प्रदेश र स्थानीय तहबीच समन्वय गर्न नसकेकाे बताए। विपत व्यवस्थापनबारे समितिमा भएकाे छलफलमा गृहमन्त्री खाँण उपस्थित भएका छन्।

प्रतिक्रिया दिनुहोस्