बिके ओलीकै तीन सांसद, देउवालाई दिए बिश्वासको मत



काठमाडौं, साउन ३ ।

नेकपा एमालेको संस्थापन पक्षमा रहेका तीन सांसदले समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुभएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहनुभएका डोटीका सांसद प्रेम आले, डोल्पाबाट निर्वाचित पूर्वराज्यमन्त्री धनबहादुर बुढा र तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिनुभएको हो ।

आले, बुढा र श्रेष्ठ देउवाको पक्षमा विश्वासको मत दिन ‘एमाले वरिष्ठ’ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गर्नुभएको हो । यो घटनासँगै माधव नेपाल आफ्नो समुहमा एक्लो बन्दा अध्यक्ष ओलीका दुई सांसद खरिद गर्न सफल हुनुभएको तथ्य बाहिर आएको छ ।

दुवै सांसदलाई मन्त्री बनाउने प्रलोभन दिइएकोले मतदान गर्नुभएको बताइएको छ । आले केही समय मन्त्री बनेर बाहिरिनु परेको थियो भने श्रेष्ठ मन्त्री बन्न ज्यान फालेर लाग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्