आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जान्छौं : नेम्वाङ



काठमाडौँ, असार २७

नेकपा (एमाले) को विवाद समाधान गर्न बनेको कार्यदलका संयोजक सुवास नेम्वाङले आजै सहमतिपत्रमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन्।

वार्तास्थल अर्थमन्त्रालयमा जारी छलफलकै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमति गराइ छोड्ने दाबी गरे।

‘हामी विहानदेखि छलफल मै छौँ’ नेम्वाङले भने, ‘आजै सहमतिमा हस्ताक्षर गरेर युरो कप फुटबल हेर्न जानेछौँ।’

तर उपमहासचिव घनश्याम भूसालले भने अ हिलेसम्म कुनै सहमति नजुटेको बताए।

‘खासै कुनै प्रगती भएको छैन’, केहीबेर वार्तास्थलबाट बाहिरिएर फेरि वार्तास्थल प्रवेश गर्दा भूसालले भने।

एमाले विवाद समाधान कार्यदलको बैठक अर्थमन्त्रालयमा विहान साढे नौ बजेदेखि बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्