एलिना चौहान र बीरेन्द्र श्रेष्ठको आवाजमा नयाँ गीत सार्वजनिक (भिडियो सहित)



काठमाडौँ , २३ असार 
बरिष्ठ गायक तथा ई। बीरेन्द्र श्रेष्ठ र चर्चित गायिका एलिना चौहानको आवाजमा नयाँ गित घर तिम्रो कता पर्यो रु सार्वजनिक भएको छ । जिवेशसिं गुरुङ्ग र बर्षा शिवाकोटिको अभिनय रहेको उक्त गितको भिडियोमा माया प्रेमको सामिप्यलाइ देखाउन खोजिएको गायक श्रेष्ठले बताएका छन् । दिपक शर्माको सङ्गीत रहेको उक्त गितको भिडियोलाइ रुपेश थापाले निर्देशन गरेका हुन् ।

पछिल्लो समय चर्चित कलाकारलाई लिएर काम गरिरहेका बरिष्ठ गायक तथा ई। बीरेन्द्र श्रेष्ठको यो गित पहिले नै दर्शक श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक भएको गायक श्रेष्ठले बताएका छन् ।

श्रेष्ठसंग रियल हिरो पल शाह, दिपिल रायमाझी लगयायत चर्चित कलाकार संगै काम गरेको अनुभव समेत छ । श्रेष्ठले जाले रुमाल , पिरिमको बाढि जस्ता चर्चित सांगितिक कोशेली समेत पस्कीसकेका छन् ।

भर्खरै सार्वजनिक भएको गितको भिडियो आहा युट्युव च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्