माओवादी छाडेर कांग्रेसतिर लागे नारायणकाजी



काठमाडौं, असार २१

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र त्याग्नुभएको छ । राष्ट्रियसभा सदस्यसमेत रहनुभएका नेता श्रेष्ठले राष्ट्रियसभा बैठकमा माओवादी केन्द्र त्यागेको प्रमाण दिनुभएको हो ।

नेकपा हुँदा नेकपा एमालेका मतदाताको भोटबाट राष्ट्रियसभा निर्वाचित हुनुभएका श्रेष्ठले आजको बैठकमा माओवादी केन्द्रका सांसदका लागि तय गरिएको रोहमा नबसी कांग्रेसतिर लाग्नुभएको छ । बैठकमा श्रेष्ठले आफ्नो दलका नेता दिनानाथ शर्मा भन्दा पछाडि बस्नु परेपछि माओवादीको रोह नै त्यागेर कांग्रेसका लागि तय गरिएको पहिलो रोहमा बस्नुभएको छ ।

राष्ट्रियसभा सचिवालयले यस बिषयमा कुरा गर्दा कांग्रेसका नेताहरुले श्रेष्ठले कांग्रेसको रोहमा बस्ने चाहना गरेको र पहिलो रोह आफ्ना इज्जतका लागि राखिदिन भनेपछि आफूहरुले बस्दा आपत्ति नजनाएको जवाफ दिएका छन । संसदमा सम्बन्धित दलका सांसदका लागि तय गरिए भन्दा अर्काे दलको रोहमा गएर बस्ने श्रेष्ठ पहिलो नेता हुनुहुन्छ ।

पहिलो रोहमा बस्न नपाएकै कारण श्रेष्ठले माओवादी रोह नै परित्याग गरी कांग्रेसतिर जानुभएको हो । यस बिषयमा माओवादी दलका नेता शर्माले श्रेष्ठलाई प्रश्न गरे पनि आफू जता मन लाग्यो त्यतै बस्ने जवाफ फर्काउनु भएको स्रोतको भनाई छ । जनता टाइम्सबाट साभार

प्रतिक्रिया दिनुहोस्