उपेन्द्र पक्षद्वारा कार्यकारिणी समितिको बैठक आह्वान



काठमाडौँ, २ असार ।

जनता समाजवादी पार्टीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ ।

पार्टीभित्र आन्तरिक विवाद चर्किरहेको समयमा अध्यक्ष यादवले असार ३ गते बिहीबार बालकुमारीमा बैठक बोलाउनुभएको हो । बिहीबार दिउँसो साढे ११ बजेको लागि बैठक बोलाएको हो ।

वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णय गर्नको लागि बैठक बोलाइएको जसपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्