थपिने भन्दा निको हुने झण्डै दोब्बर, ३४७९ थपिँदा ६३३६ निको



काठमाडौं, जेठ २३

नेपालमा दिनानुदिन संक्रमण हुने भन्दा निको हुने दरले तिव्रता पाएको छ । केही दिनदेखि संक्रमण ओरालो लागिरहँदा निको हुने दर उकालो लागेको छ । आज थप ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ६३३६ निको भएका छन् । विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

६ हजार ६३६ जना संक्रमणमुक्त हुनु भनेको आजको संक्रमण पुष्टि हुनेको दोब्बर हो । नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमणमुक्त हुने दर ८३.५ प्रतिशत हो ।

गएको २४ घण्टामा देशैभरका प्रयोगशालामा १० हजार ४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३ हवार ४७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट ९९ जनाको मृत्यु छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्