नेपाली विद्यार्थी परीक्षा दिन बंगलादेश जान पाउने



काठमाडौं । नेपाली विद्यार्थी परीक्षा दिनका लागि बंगलादेश जान पाउने भएका छन् ।

एमबीबीएस अध्ययनरत विदेशी विद्यार्थीलाई परीक्षाका लागि बंगलादेशले यात्रा अनुमति दिएसँगै नेपाली विद्यार्थी त्यहाँ जान पाउने भएका हुन् । आगामी जुन र जुलाइमा निर्धारित परीक्षामा भाग लिने विद्यार्थीलाई बंगलादेश प्रवेशको अनुमति दिइएकाे काठमाडौंस्थित बंगलादेशी दूतावासले जनाएकाे छ ।

नेपालमा रहेका त्यस्ता विद्यार्थीलाई सम्बन्धित कलेजको कागजपत्रसहित सम्पर्क गर्न दूतावासले अनुराेध गरेकाे छ । मेडिकल कलेजका कागजात, पासपोर्टको प्रतिलिपि र नेपाली फोन नम्बरसहित नेपालस्थित बंगलादेशी दूतावासको इमेल ठेगाना [email protected] मा पठाउन दूतावासले अनुरोध गरेको हाे ।

ढाकामा पुगेपछि सबै विद्यार्थीले जनस्वास्थ्य सम्बन्धी सबै मापदण्ड अपनाउनुपर्ने पनि दूतावासकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्