झापामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा



झापा झापामा निषेधाज्ञा थप भएको छ । डिसीसीएमसी झापाको बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

बैशाख २२ गते देखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो । बैठकमा जिल्लाका राजनीतिक दल,जनप्रतिनिधि सहभागी छन् । खाद्यान्नका पसल हप्तामा २ दिन बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने निर्णय भएको छ । कृषि क्षेत्रलाई बनाइने भएको छ । अपडेट

प्रतिक्रिया दिनुहोस्