मलाई प्रचण्डले मन्त्री बनाएको होईन, मेरो हैसियतको कारण मन्त्री बनेको हुँ



काठमाडौं, २८ चैत्र । उर्जामन्त्री टोपबहादुर रायमाझीले आफू आफ्नो हैसियतको कारणले मन्त्री बनेको भन्दै यसमा प्रचण्डको कुनै योगदान नरहेको स्पष्ट पारेका छन् । उनले प्रचण्ड एउटा साधारण व्यक्ति रहेको भन्दै यसबारेमा जनतामा भ्रमण हटेको पनि टिप्पणी गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड के हो ? भन्नेबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अब क्लियर भएको उनको भनाई छ । उनले आज माओवादी आन्दोलनको कुरा गर्दा प्रचण्ड एक्लो व्यक्ति भएको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्