प्रतिनिधिसभाका चार सदस्यको पद रिक्त



काठमाडौं, चैत्र २६

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट प्रतिनिधिसमा सदस्य रहनुभएका चार सदस्यको पद रिक्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीसमेत रहनुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न्न भई केन्द्रीय सदस्य स्वीकार गरी दल त्याग गरेको भनी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयमा निवेदन दिएकाले पद रिक्त रहेको जानकारी गराउनुभयो ।

उहाँहरु राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ (१) बमोजिम पद रिक्त रहेको भएको घोषणा गरिएको हो । चारै जना माओवादी केन्द्रको उम्मेद्वार भएपनि एमालेको समेत मत पाएर विजयी हुनु भएको थियो । निर्वाचनपछि नेकपा हुँदा र त्यसपछि पुनः दुवै पार्टी ब्युँतिएपछि माओवादी केन्द्रले एमालेतर्फ लागेको भन्दै कारवाहीको सिफारिस गरेको थियो ।

यद्यपी चारै जना नेताले पद लागि भन्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भिजनले गर्दा आफुहरु एमाले नै बनेको बताउदै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्