काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङसहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश



काठमाडौँ । नेकपा भित्रै आन्तरिक कलह र समान्तर कमिटि बनाउने होड बाजी चलिरहँदा समेत एमाले प्रवेशमा कमी आइरहेको छैन । यसैबीच काभ्रे जिल्लाको साबिक सिपाली चिलाउने गाविस वडा नं‍‍‍‍ ८ नेपाली काङ्ग्रेसबाट निर्बाचित वडा अध्यक्ष मीन बहादुर तामाङसहित दर्जनौ कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

तामाङको नेतृत्वमा नेपाली काङ्रेस परित्याग गरि आउने युवाहरुलाई एक कार्यक्रमका बीच बागमती प्रदेस सभाका सदस्य माननीय चन्द्र लामाले टीका र खादा लगाई नेकपा एमालेमा प्रवेश गराउन्भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र बीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि आ–आफ्नो पुरानै घर फर्किए सङ्गै नेकपा एमालेमा माधव कुमार नेपाल पक्षले समानान्तर कमिटी बनाइरहँदा समेत ओलीको समर्थनमा पार्टी प्रवेश गर्नेक्रम चलिनै रहेको छ ।

गुटगत समानान्तर कमिटी गठनले नेकपा एमाले फुटको संकेत देखिएको छ । जस्को कारण एमाले प्रती आस्था राख्नेहरुमा एक किसिमको नैरास्यता नै छाएको छ । तर नेकपा भित्र नै गुटगत बिवाद देखिए पनि अझै नेकपा प्रती आकर्षित हुँदै नेकपा एमालेमा प्रवेश गर्ने क्रम भने घटेको छैन ।
यसै क्रममा सोमबार काभ्रेको बनेपामा रोशी गाउँपालिका वडा न। ६ द्वारा बाग्मती प्रदेश सभा सदस्य माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा चियापान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रकममा रोशी गाउँपालिका ६ का मीन बहादुर तामाङ, ढुन्डराज शाह, लक्की तामाङ, अबिरल तामाङ, सन्तोषी तामाङ, सुमन मैनाली, रिसाङ तामाङ, मीन बहादुर लामा लगायतका युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गनुर्भकएको छ ।

पार्टी प्रबेश भएका मीन बहादुर तामाङ साबिक सिपाली चिलाउने गाविस वडा नं। ८ मा नेपाली काङ्ग्रेसबाट निर्बाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पार्टी प्रवेश कार्यक्रममा माननीय चन्द्र लामा, युवा नेता विकास तामाङ, युवा ब्यबसायी तथा नेता गणेश लामा, नेकपाका नेता पुर्ण चन्द्र सिग्देल, काभ्रे जिल्लाका पुर्व अनीआस्ववियुका अध्यक्ष हरिकुमार मैनाली, गोबिन्द उप्रेति लगायत अन्य युवाहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्