फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य



काठमाडाैं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २-२ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ।

यस्तै हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निमगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्