पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्छ – प्रचण्ड



काठमाडौ १७ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र अलग भएको फैसला सर्वाेच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

गत फागुन २३ मा नेकपाकोे नामसम्बन्धी विवादमा सर्वाेच्च अदालतले एमाले र माओवादीबीचको एकतालाई बदर गर्दै दुबै पर्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको उनको टिप्पणी छ । ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ’ उनले भने ।

रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चहाना राखेको पनि थिएन, नाम मात्र करेक्सन होस् भन्ने चाहना थियो’ उनले भने, ‘पक्कै पनि सर्वोच्चले पुनरावलोकन गर्छ ।

प्रतिक्रिया दिनुहोस्