एमालेमा नरहने माधव नेपालको घोषणा – हेर्नाेस प्रचण्डसँग छुट्टिनै सक्दिन भन्ने यो प्रमाण



काठमाडौं – एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लामो समयदेखि अभियान चलाउनु भएका र सर्वाेच्चको फैसलापछि एमालेमै रहने घोषणा गर्नुभएका नेता माधवकुमार नेपाल पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको नेकपा माओवादीमै बिलय हुने घोषणा गर्नुभएको छ ।

नेता नेपालले एमाले सकाउने योजनासहित नेपाल पत्रकार महासंघको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनमा आफ्नो समुह बिलय गराएर आफू एमालेमा नभई प्रचण्डपथमा बिलय भएको प्रमाण दिनुभएको हो ।

महासंघको शनिवार भएको उम्मेद्वारी मनोनयनमा माधव समुहले कांग्रेस भातृ संगठन पे्रेस युनियन, प्रचण्ड नेतृत्वको माओवादी पत्रकारहरुको संगठनमा आफ्नो समुहबाट दुई सचिवमा उम्मेद्वार दर्ता गराएर एमाले सकाउने, माओवादी बनाउने अभियानमा रहेको प्रमाण दिनुभएको हो ।

एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल नेतृत्वको चार संगठनको गठबन्धनबाट बरिष्ठ पत्रकार निर्मला शर्मा उम्मेद्वार बन्नुभएको छ । तर नेता नेपालले एमालेबिरुद्ध लागेर प्रचण्डको समुहमा नै रहेको प्रष्ट पार्नुभएको हो । त्यसैले कांग्रेस माओवादी र माधव नेपाल पक्षबीच गठबन्धन बनेको छ ।

कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय पत्रकारबीच गठबन्धन बने पनि अधिकांश पदमा युनियनका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् । तर नेता नेपाल भने त्यसैमा टाँसिने भन्दै उर्दी जारी गरिरहनु भएको छ ।

माधव नेपाल पक्षले कांग्रेस माओवादी गठबन्धनमा बिलय भएर ध्रुव लम्साललाई बरिष्ठ उपाध्यक्ष, सचिवमा गोविन्द चौलागाईं, दलित सचिवमा गठबन्धनले हेमकर्ण विकलाई उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्