कोमलले गीत गाउँदै गर्दा केपीले सुने ‘दुःखद्’ खबर !



काठमाडौं फागुन ११ गते
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो जन्मोत्सव निकै हर्षोल्लासका साथ मनाउँदै थिए । पार्टीका नेताहरू, पारिवारिक सदस्य, नातेदार र हितैषीहरूको जमघट रहेको उक्त समारोहमा लोकगायिका कोमल वली गीत प्रस्तुत गर्दै थिइन् ।

सुवास नेम्वाङ अचानक प्रधानमन्त्रीको समीप पुगे र कानमा फुसफुसाए– ‘अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरिदिएछ ।’

त्यो सुनेर प्रधानमन्त्री ओली स्तब्ध भए र, आवाज निस्कियो- ‘ए ! हो ?’ तर ओलीले आफूलाई तत्काल सम्हाले । अनुहारमा कुनै भाव प्रकट हुन दिएनन् । पहिलेझैँ उत्सवमा यथावत प्रस्तुत भइरहे । जन्मोत्सव समारोह सकिएपछि कसैले प्रधानमन्त्रीसमक्ष जिज्ञाशा राखे- ‘अब तपाईंले राजीनामा दिने र प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आउने हो कि !?’

जवाफमा केपीले भनेका थिए- ‘किन मैले राजीनामा दिने ? प्रचण्ड कसरी प्रधानमन्त्री हुन सक्छन् ? बरु मैले छोडेको अवस्थामा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्लान् नि !’

प्रतिक्रिया दिनुहोस्