दमकमा फागुन २३ देखी फुड फेस्टिबल हुने



दमक -, झापाको दमकमा यही फागुन २३ गतेदेखी २९ गतेसम्म दमक फुड फेस्टिबल हुने भएको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि दमकमा फुड फेस्टिबल हुने भएको आयोजक होटल व्यवसायी सङ्घ दमकका अध्यक्ष राजन दंगालले जानकारी दिनुभयो ।

दमक होटल व्यबसायी संघको आयोजनामा दमक सातौ फुड फेस्टिवल २०७७ यही फागुन २३ गते देखी २९ गते सम्मको खानाको परिकार कृषि पर्यटन ,हस्तकला,घरेलू उत्पादन,उधोग र व्यपार मेला सफल बनाउन पत्रकार सम्मेलन सम्पन्न गरिएको छ।

कोरोना संक्रमणपछि गरिएको लकडाउनबाट थलिएको होटल व्यवसाय र पर्यटनलाई बिस्तारै उकास्नका लागि फेस्टिबल आयोजना गरिएको आयोजकले जनाएको छ । फेस्टिबल दमक ७ पशुहाटमा हुने र त्यसका लागि तयारी धमाधम भईरहेको छ ।

फेस्टिबलको संरक्षकमा दमक नगरपालिका र दमक उद्योग वाणिज्य संघ रहेका छन् भने प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गर्नेछ । फेस्टिबलमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहने भएको छ

प्रतिक्रिया दिनुहोस्