माधव नेपालको ‘चट्टानी अडान’- पूर्वएमालेको रिक्त स्थानमा एमालेले नै पाउनुपर्छ



काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीतिर नै रहेर रिक्त भएका सबै पदमा पूर्वनेकपा एमालेका नेताहरुलाई दिनुपर्ने ‘चट्टानी अडान’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राखेका छन्।

प्रधानमन्त्री ओलीलाई छाडेर पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा लागेर अध्यक्ष चयन भएका नेपालले रिक्त पदपूर्ति गर्ने सवालमा यस्ताे अडान राखेका हुन्।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि राजनीतिक रुपमा अलग भएका प्रचण्ड समूहमा लागेपछि रिक्त रहेको पूर्वएमालेको स्थान पूर्वएमालेले नै पाउनुपर्ने अडान नेपालले राखिरहेको केन्द्रीय सदस्य भाष्कर काफ्लेले जानकारी दिएका छन्।

“हिजो जुनजुन पद पूर्वएमालेको कोटामा परेको थियो, यता (प्रचण्ड समूह) आएपछि रिक्त रहेको सो स्थानमा पूर्वएमालेले पाउनुपर्छ भन्‍ने अध्यक्ष कमरेड (नेपाल) को अडान कायमै छ,” केन्द्रीय सदस्य भाष्कर काफ्लेले भने, “त्यसपछि थप गर्नुपर्ने आवश्यक पद भएमा ५०-५० प्रतिशतको मोडेल अनुसार जानुपर्छ भन्‍ने अर्को अडान पनि उहाँले राख्दै आउनुभएको छ।”

सो समूहमा लागेर अध्यक्ष भएका नेपालले राखेको प्रस्तावपछि प्रचण्ड समूह भने झस्किएको छ। अध्यक्ष नेपालले प्रस्ताव गरेको मोडेलअनुसार समायोजन प्रक्रिया टुंग्याउनतर्फ लागेमा पुनः नेकपामा पूर्वएमाले हाबी हुने देखिएपछि प्रचण्ड झस्किन पुगेका हुन्।

उनका अनुसार राजनीतिक रुपमा विभाजित भएपछि ओली समूहमा रहेका कारण प्रचण्ड समूहमा पूर्वएमालेका कारण रिक्त हुन पुगेका सबै पदहरुमा पूर्वएमालेले नै पाउनुपर्छ।

सो समूहमा लागेपछि अध्यक्ष चयन भएका नेपालले महासचिव विष्णु पौडेल ओलीतिर लागेका कारण रिक्त भएको सो पद पूर्वएमाले नेताले पाउनुपर्ने तथा गृहमन्त्री रामबहादुर थापा ओलीतिर गएका कारण रिक्त रहेको सचिवालय सदस्यको पद भने पूर्वमाओवादीलाई दिन सकिने मोडेल नेपालले प्रस्ताव गरेका छन्।

सोहीअनुसार ओलीतिर लागेका पूर्वएमालेको रिक्त रहेका स्थायी कमिटी सदस्य होस् वा केन्द्रीय कमिटीका सदस्यका संख्या नै किन नहुन्? सबै स्थानमा पूर्वएमालेले पाउनुपर्ने नेपालले प्रचण्डसँग माग राख्दै आएका छन्।

‘‘ओलीतिर लागेका पूर्वएमालेको पदमा पूर्वएमाले र ओलीतिर लागेका माओवादीको रिक्त पदमा माओवादीलाई दिनुपर्छ, यो मोडेलअनुसार केन्द्रदेखि तलसम्म नै संगठनको जिम्मेवारी बाँड्नुपर्छ,’’ नेपालले अध्यक्ष प्रचण्डसँग प्रस्ताव गर्दै आएका छन्।

सिफारिस

बाहिर विरोध, भित्रभित्रै वडासम्मै चुनावको तयारी तीव्र
सो समूहमा लागेर अध्यक्ष भएका नेपालले राखेको प्रस्तावपछि प्रचण्ड समूह भने झस्किएको छ। अध्यक्ष नेपालले प्रस्ताव गरेको मोडेलअनुसार समायोजन प्रक्रिया टुंग्याउनतर्फ लागेमा पुनः नेकपामा पूर्वएमाले हाबी हुने देखिएपछि प्रचण्ड झस्किन पुगेका हुन्।

‘‘ओलीतिर रहेका एमाले कारण रिक्त स्थानमा पूर्वएमालेले नै पाउनु पर्ने अडान राखेपछि समायोजन प्रक्रिया दुई महिना नाघिसक्दा पनि सुरुसमेत हुन सकेको छैन,’’ प्रचण्डनिकट एक नेता भन्छन्, “उहाँले भनेको प्रस्तावअनुसार जाने हो भने त नेकपामा पुनः पूर्वएमालेको बहुमत हुने र कब्जाको अवस्था रहनेछ, त्यसैले त्यो मोडेलमा परिवर्तन गर्नुपर्छ भनिरहेका छौं। तर उहाँले अडान भने छाड्नुभएको छैन।’’

उनका अनुसार नेपालले राखेको ‘चट्टानी अडान’का कारण प्रचण्ड नेतृत्वको नेकपामा एकीकरणको प्रक्रिया नै सुरु हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्