प्रधानमन्त्री ओली र मन्त्रीलाई बहिस्कार गरौँ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुलाई बहिस्कार गर्न आव्हान गरेकी छिन् ।

विराटनगरमा आज आयोजित अखिलको जिल्लास्तरीय कार्यक्रममा बोल्दै उनले आन्दोलन शसक्त बनाउन प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई बहिस्कार गर्नुपर्ने बताएकी हुन् ।

‘तपाईंलाई झण्डा आएर, चिह्न आएन भने के गर्नुहुन्छ ? त्यसैमा सति जानुहुन्छ ? तपाईंले बन्द गरेको पार्टी कार्यालयमा अरुले भोटे ताल्चा लगायो भने राजनीति छोड्नु हुन्छ की राजनीति बचाउनु हुन्छ ? ’ उनले भनिन्, ‘तपाईंको राजनीति बच्यो भने झण्डा, ब्यानर, आन्दोलन, इतिहास स्थापित गर्ने हामीले होइन् ? ढुङ्गामा चिह्न खोपेर ल्याएर आन्दोलन स्थापित गरेको हो र ?’

प्रधानमन्त्री ओली छलछाममा माहिर रहेको भन्दै यस्तोमा नलाग्न पनि उनले आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्