माधव नेपालको कार्यकर्ता बन्दै रामचन्द्र पौडेल,!



काठमाडौं । पछिल्लो समय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रचण्ड-नेपाल समूहको प्रतिनिधित्व गर्दै अघि बढिरहेका छन् । कांग्रेसले अदालतमा विचाराधिन संसद विघटनबारे नबोल्ने निर्णय गरेका बेला पौडेलले कांग्रेसभित्र प्रचण्ड-नेपाल समूहको प्रतिनिधित्व गर्दै उक्त निर्णयको उल्लंघन गर्दै अघि बढिरहेका छन् ।

  प्रधानमन्त्री ओलीको भाषामा जसरी पूर्वएमालेका माधव कुमार नेपाल प्रचण्डको कार्यकर्ता बन्न गएका छन् त्यसैगरी कांग्रेसभित्र रामचन्द्र माधव-प्रचण्डको कार्यकर्ता बन्न उध्देलित रहेको टिप्पणी हुन थालिएको छ । यसलाई बल पुग्नेगरी पौडेल मंगलवार फेरि संसद पुनर्स्थापना हुनुपर्छ भन्दै बोले।

कांग्रेसले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भए पनि पुनर्स्थापना गर्ने नगर्ने फैसला अदालतले गर्ने भन्दै विधाराधिन विषयमा नबोल्ने निर्णय गरेको छ । आफे बैठकमा बसेर यस्तो निर्णय गराउने वरिष्ठ नेता पौडेलले अहिले आफै फेरि उक्त विषयमा बोल्दा रामचन्द्रलाई अलि बढि नै प्रचण्ड र माधवको चिन्ता भएको देखिएको नेता कार्यकर्ताहरु बताउँछन् ।

मंगलवार जसपाको कार्यक्रममा पौडेलले वैधानिक, कानूनी र संवैधानिक आधारविना जबरजस्ती प्रतिनिधिसभा विघटन भयो भनिएको भन्दै उनले संसद पुनर्स्थापना हुनुपर्ने भनेका थिए । यसलाई सम्मानित अदालतले सच्याउनुपर्छ र प्रतिनिधिसभा पुनर्स्थापित गराउनुपर्ने उनको धारणा थियो ।

यता प्रधानमन्त्री ओलीले एक अन्तर्वार्ताकै क्रममा रामचन्द्र पौडेललाई सचेत गराइसकेका छन् । उनले हार्ने डरले पौडेल चुनावमा जान डराएको बताएका थिए । त्यतिबेला यति भनेर सचेत गराएका ओली पछिल्लो समय पौडेल आफूविरुद्ध आक्रामक रुपमा अघि बढेपछि कांग्रेसकै सभापति शेरबहादुर देउवासँग मिलेर ठेगान लगाउने तयारीमा छन् ।

बालुवाटार स्रोतका अनुसार बदलाको भाव भएका ओलीले पौडेललाई तह लगाउनेछन् । पौडेल सभापति देउवाका लागि पनि टाउको दुखाई बन्ने गरेका छन् । जसकारण देउवा पनि उनलाई तह लगाउने ओलीको कदममा साथ दिनेछन् । चाहे त्यो पार्टीभित्रको महाधिवेशन होस् वा चुनावमा । अब कसरी तह लगाउँछन् हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्