प्रचण्ड–नेपाल समूहले आज सरकारविरुद्ध काठमाडौंमा भब्य प्रदर्शन गर्ने



काठमाडौं, १४ पुस । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । नेकपाले काठमाडौंको प्रदशर्नी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ ।

सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्नेछन ।

नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो ।

सरकारले गएको ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्