प्रस्ताव फिर्ता लिएर सहमतिको विन्दु खोजौं



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।

पार्टी मुख्यालयमा शुक्रबार दिउँसो भएको भेटवार्तामा महासचिव पौडेलले प्रचण्डलाई कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पुनः आग्रह गरेका छन् । कात्तिक २८ अघि पनि पौडेलले यस्तै आग्रह गरेका थिए ।

तर, प्रचण्डले सचिवालयका बहुमत सदस्यको सामूहिक दस्तावेज भएकाले छलफल हुनुपर्ने बताएका थिए । आजको भेटमा महासचिवले आग्रह दोहोर्‍याए पनि प्रचण्डले मूर्त उत्तर दिएनन् । “आजको छोटो भेटमा महासचिवले अध्यक्षलाई प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको छ,” महासचिव स्रोतले बाह्रखरीसँग भन्यो, “तर, प्रचण्डले मूर्त जवाफ दिनुभएको छैन ।”

भेटपछि अध्यक्ष प्रचण्ड र महासचिवले परिस्थिति गम्भीर भएको बताएका थिए । सचिवालयको आगामी बैठक मङ्सिर १३ गतेलाई तय गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्को दस्तावेज ल्याउन समय मागेकाले बैठक दसदिन पर सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्