कामरेड प्रचण्ड, यस्तो व्यक्तिगत कुण्ठाले विकास र समृद्धिको यात्रा सफल बनाउला ?



काठमाडौं, २९ कार्तिक–

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको दुई अध्यक्षबीचको पत्रयुद्धले समाधानको वातावरण निर्माण गर्छ वा विवादतर्फ डोहोर्याउँछ त्यो प्रतिक्षामा छ । तर प्रचण्डको गुटमा रहेका भनिएका पूर्वएमालेका तीनसहितका पाँच नेताको आग्रहपछि बसेको शुक्रबारको बैठकले त्यति सकारात्मक संकेत गरेको छैन । पत्रको लिखित जवाफ प्रधानमन्त्रीले दिएपछि त्यसमाथि फेरी पत्र लेख्नुसम्म त ठिकै हो, तर प्रचण्डले फरक राजनीतिक प्रतिवेदननै राखेर गम्भीर खालका तर अप्रमाणित आरोप लगाएपछि अब टालटुले ढंगले समस्या समाधान हुने देखिदैंन ।

प्रचण्डले कार्यशैलीसहित बैचारिक प्रश्नमा समेत अव टुंगो लगाएर जानुपर्ने भन्दै कित्ता स्पष्टपार्ने धारणा राखेपछि अव पूर्वएमालेसहित देशको विकास र समृद्धिका पक्षमा रहेका नेता र कार्यकर्ताले पनि निर्णय लिने बेला आएको छ । पूर्वएमालेका कोहीपनि नेता र कार्यकर्ता जनताको बहुदलीय जनवादबाहिर जान सक्दैनन् किनकी जवजको जगमा आज पार्टीले यो हैसियत पाएको हो । त्यसोभए के प्रचण्ड पूर्व एमाओवादीलाई एक हुन र पूर्वएमालेसँग संगै जान नसकिने निश्कर्षमा पुग्नुभएको हो ? हो भने त्यसमा आपत्ती मान्नुपर्ने केही छैन ।

प्रचण्डको पत्र र प्रतिवेदनले उहाँमा रहेका केही गम्भीर बिचलनलाई प्रष्टपार्छन । प्रधानमन्त्रीले समाजवाद होइन, दलाल र नोकरशाही पूँजीवादलाई प्रोत्साहितगर्ने नवउदारवादी पूँजीवादलाई पछ्याइरहनुभएको छ ।

प्रधानमन्त्रीले पार्टीको घोषणापत्र अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउने र त्यसमार्फत नेपालले लिएको समाजवाद उन्मुख व्यवस्थाको यात्रा गर्ने हो । सरकारले हालसम्म के गर्यो वा गरेन, ती सबै सार्वजनिक भएका छन् । देशले कालो सूचीमा राखेको एक ठेकेदारले दिएको घरमा बसेर प्रचण्डले चाँहीकुन समाजवादी यात्राको थालनी गर्नुभएको हो ? प्रचण्ड जुन घरमा बस्नुहुन्छ, ती यस्ता ठेकेदार हुन, जसले कृषकलाई मल पुर्याउने ठेक्का पाए तर समयमा दिन सकेनन् र फेरी कारवाहीमा परे ।

लोकले पत्याउने कुरा प्रचण्डले गर्नुपर्छ । प्रचण्डको साँठगाँठ कस्ता व्यापारी र दलालसँग छ, र, उहाँका छनौट कस्ता हुन्छन्, सवै जगजाहेर छ । प्रचण्डको समाजवादको सोच कुन नियुक्तिबाट आरम्भ भएर कुन नियुक्तिसम्म पुग्दा अन्त्य हुन्छ, त्यसबारे केही व्याख्या गर्नुपर्छ र ? आफ्नै अध्यक्षबिरुद्ध रातदिन षड्यन्त्र गरेर पनि सफल नभएपछि अहिले समाजवादको मुद्दा उठाउँदा कसले पत्याउने ?

प्रधानमन्त्रीले पार्टीको एकताको बैचारिक राजनीतिक आधार र भावनालाई आत्मासाथ नगरेको, बरु त्यसबिरुद्ध क्रियाकलाप गरिरहनुभएको छ ।
पार्टी एकताको नेतृत्व ओली र प्रचण्डले गर्नुभएको हो । हरेक पार्टीको शक्तिको हैसियत हुन्छ । एमालेका अध्यक्ष र एमाओवादी केन्द्रको अध्यक्षको हैसियत समान हुँदैन । तर ओली र पूर्व एमालेले ठूलोसानो पार्टी नभनी दुई अध्यक्षको प्रणालीमा जाने निर्णय लिएको हो । देश विकासको सोचले थालेको एकता यात्रालाई ठूलो सानो पार्टीको हैसियतमा हेर्नुहुँदैन भन्ने ओलीले सोच्नुभएको हो । त्यही भएर दुई अध्यक्षको प्रावधान राखिएको थियो ।

पार्टी एकताको भावनादुई अध्यक्षबीचको सहकार्य हो । तर त्यसमा पनि प्रधानमन्त्री सरकारमा र प्रचण्ड पार्टी काममा सक्रिय हुने भनिएको हो । तर आजसम्म प्रचण्डले कार्यकारी प्रमुख भएर पार्टीलाई प्रभावकारी बनाउन के काम गर्नुभयो ? पार्टीका कतिवटा बैठकमा प्रचण्डले पार्टी एकताका सबै काम सक्ने र गतिशिल बनाउने प्रस्ताव राख्नुभयो ? प्रचण्डले पार्टीको काम गरेको भनेको काठमाडौंबाट चितवन पुग्ने र चितवनबाट काठमाडौं, त्यति मात्र हो । अन्य बेला प्रधानमन्त्रीको बिरोधमात्र गरिरहने हो । प्रधानमन्त्रीलाई एकताको बैचारिक आधार आत्मासात नगरेको आरोप लगाइरहँदा प्रचण्डले आफ्नो बैचारिक आधार के हो भन्ने स्पष्टपार्नुपर्छ कि पर्दैन ? पार्टी एकताका निम्ति जवजको समेत नाम नलिई कुनै आकार र सार नभएको जनताको जनवादको नामलिंदै एकता महाधिवेशनमा जाने प्रस्ताव ओलीले नै राख्नुभएको होइन ?

प्रचण्डको अर्को आरोप छ प्रदेश बलियो बनाउन भन्दा प्रदेशका अधिकार कटौतीगर्न प्रधानमन्त्री लाग्नुभयो । प्रधानमन्त्रीले संविधानले व्यवस्था गरेको तीनतहको सरकारका अधिकार कटौतीगर्न प्रधानमन्त्री के गर्नुभयो ? जुन संविधान जारी गर्न भारतीयको नाजायज दबाब र हस्तक्षेप बिरुद्ध उभिनुभयो र तोकिएकै समयमा संविधानजारी भयो, त्यो संविधानका प्रावधानको स्वामित्व ओलीले भन्दा अरु कसले लिएको छ ? कर्णालीमा भएको गुटगट राजनीति र त्यसले सृजना गरेको समस्याका समाधानका सन्दर्भका अभिव्यक्ति तोडमोड गरेर संघीयता विरोधीका रुपमा चित्रित गर्नु दुस्साहस मात्र हो । जातीय राज्यको घातक र बिभाजनकारी राजनीतिलाई बिश्राम दिएर विकास केन्द्रित सरंचरनाको अवधारणा कसले ल्याएको हो ? यसलाई हेर्नुपर्दैन ?

प्रचण्डको पत्र र प्रतिवेदन हेर्दा लाग्छ उहाँ ओलीलाई देख्ने बित्तिकै त्रसित हुनुहुन्छ, उहाँलाई पिंडा हुन्छ र चिन्ताले सताउँछ । जर्बजस्ती तयार पारिएको प्रतिवेदनका सारबस्तुमा कुनै ठोस मुद्दा छैन र कारण छैन बिरोधको । न बैचारिक बिरोध छ, न सैद्धान्तिक । खालीमात्र छ सत्ता । उहाँको प्रतिवेदनमा कुण्ठाबाहेक केही छैन । यस्तो कुण्ठाबोकेर कसरी विकास र समृद्धिको यात्राहोला ?

प्रतिक्रिया दिनुहोस्