प्रचण्ड र नेपालले विष्णु पौडेलमार्फत ओलीलाई पठाए संदेश !



काठमाडौं, २४ कार्तिक ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ सदस्यले भेटेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक डाक्न लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले भने तत्काल बैठक बोलाउने पक्षमा आफू नरहेको सन्देश दाहाल–नेपाल समूहलाई पठाईसकेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्री बन्ने मौका

ओलीले पार्टी फुट्ने खतरा औल्याउँदा नेपालद्वारा एकता मजबुत बनाउने प्रस्ताव ल्याउन आग्रह आजमात्रै ओलीको सन्देश बोकेर महासचिव विष्णु प्रसाद पौडेलले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटमा महासचिव पौडेलले विधानअनुसार १५ दिनभित्र बैठक बोलाईसक्नुपर्ने भएकोले सोहीअनुसार बैठक बोलाईने भन्दै आजको भोलि नै बैठक बस्न नसक्ने जानकारी गराएका थिए ।

तर, दाहालले भने आफू पार्टीको कार्यकारी अध्यक्ष भएको र सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरिसकेकोले जतिसक्दो चाँडो बैठक बस्नुपर्ने कुरा सम्झाएका थिए । दाहालले भोलिसम्म पनि ओलीले बैठक बोलाउने तयारी नगरे आफूले नै बैठक बोलाउने चेतावनी दिएका छन् ।

प्रचण्ड निकट नेताहरु अनुपस्थित भएपछि बालुवाटारमा कार्यदलको बैठक स्थगित

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्षसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

ओलीसँग छलफल गर्न भन्दै कार्यदलका सदस्य खासगरी ओली निकट शंकर पोखरेल, विष्णु पौडेल र नेपाल निकट भीम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेर प्रधानमन्त्रीको सचिवालयको हलमा कुरिरहेका थिए।

तर प्रचण्ड निकट नेताहरु जनार्दशन शर्मा आइसोलेसनमा भएको र पम्फा भुसाललाई राज्यव्यवस्था समितिको बैठकमा जानु परेको खबर आएको थियो।

प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए।

नेता रावलले आफूहरुले छलफलका लागि ओलीसँग समय मागेको तर बालुवाटार छिरेपछि मात्रै नेता शर्मा र भुसालले खबर गरेको र आफूहरुले उनीहरुको उपस्थितिबिना प्रधानमन्त्री ओलीसँग छलफल गर्न नचाहेको बताए।

नेकापमा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो।

सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो।

भदौ २६ गतेलाई पुरानो विवातर्फ नफर्कने निश्चित समय(कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने निर्णय पनि सोही दिन गरिएको थियो।

तर त्यसको २० दिनपछि ओलीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा देखिनेगरी विवाद सुरु भएको थियो।

हाल आएर अविश्वासको प्रस्ताव दर्ता र दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न कसले पहिले हात छोड्ने भन्नेमा छलफल जारी छ।

प्रतिक्रिया दिनुहोस्