निधि र सिटौला होम आइसोलेसन बसेपछि फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक



काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुनः सरेको छ। सोमबारका लागि बोलाइएको बैठक २७ गते बस्ने गरी सारिएको हो।

उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेकाले बैठक सार्नुपरेको सह महामन्त्री डा प्रकाश शरण महतले जानकारी दिए।

निधि र सिटौलाका सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि बैठक सारिएको महतले बताए। पार्टीभित्रको विवाद अन्त्य नहुँदा २१ कात्तिकको बैठक सोमबारलाई सारिएको थियो

प्रतिक्रिया दिनुहोस्