डुडाँमारी फुटबल क्लवले जित्यो उपाधी



गोविन्द ल्वागुन
डुडाँमारी ,कार्तिक ७/ झापाको शिबसताक्षी ७ स्थित फाक्तेपमा जारी बिजय दशमी कपको उपाधी डुडाँमारी युथ फुटबल क्लवले जितेको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा धरमपुर मङलबारेलाई १ का विरुद्ध ३ गोल गर्दै डुडाँमारीले उपाधी कब्जा गरेको हो ।

खेलको मध्यन्तर सम्म दुबै तर्फबाट गोलरहित बराबर भएको खेलमा दोस्रो हाफपछी डुडाँमारीले ३ गोल गर्दै उपाधी जितेको हो ।

जितसँगै डुडाँमारी युथ फुटबल क्लवले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपबिजेता मङ्गलबारे फुटबल क्लवले नगद रु १० हजार, मेडल र प्रमाणपत्रमा चित बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच बिजेता टिमका सङगम मगर घोषित भए ।


त्यसैगरी उत्कृष्ट गोल्किपर ,बेस्ट मिड्फिल्डर,फर्वड,म्यान अफ दि टुनामेन्टलाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कार शिवसताक्षी नगर खेल्कुद बिकास समितिका अध्यक्ष फुर्वा लामा ,चर्चित युटुबर भाग्य न्यौपाने लगायतले वितरण गरेका थिए ।

गत असोज २६ गतेबाट शुरु भएको खेलमा झापा ,इलाम र मोरङका २० टिमको सहभगिता रहेको थियो । खेल स्थानिय बासबारी स्पोर्टिङ क्लवको आयोजनामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्