आजदेखि आम्दा अस्पताल ३ दिन बन्द



दमक, कार्तिक ३/झापाको दमकमा रहेको आम्दा अस्पताल आजदेखि ३ दिन बन्द भएको छ । अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछी अस्पताल बन्द गरिएको अस्पतालले जनाएको हो ।

यसअघि आम्दाका धेरै स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण देखिएको थियो । उनिहरुको सम्पर्कमा आएकाहरुको कनट्याक ट्रेसिङका लागी अस्पताल बन्द गरिएको हो ।

सबै कर्मचारीको रिर्पोट नआएसम्म अस्पताल बन्द गर्ने निर्णय भएको अस्पतालले बिज्ञप्ती निकालदै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्