झापामा पनि ‘रेष्ट्रो एण्ड बार एशोसिएशन ’ गठन



झापा, । रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस लगायत व्यवसायीहरूकाे साँझा संस्थाकाे रूपमा “रेष्ट्रो एण्ड बार एशोसिएशन झापा” नामक संस्था गठन गरिएको छ ।

रेष्ट्रो एण्ड बार एशोसिएशनका समितिले बिहिबार दमकमा पत्रकार भेटघाट कार्यक्रमकाे आयाेजना गरि साे कुराकाे जानकारी गराएकाे हाे ।

झापा जिल्ला भित्र रहेका रेष्टुरेण्ट, बार, क्याफे, पार्टी प्यालेस व्यवसायकाे विकास र विस्तार गर्ने उदेश्यका साथ संस्था गठन गरिएकाे जनाएकाे छ । तत्कालका लागि दमक क्षेत्रका व्यवसायीहरू समेटिएकाे भए पनि झापाका सबै क्षेत्रका व्यवसायीहरू समेट्ने गरि समन्वय भइरहेकाे संस्थाका अध्यक्ष उत्सव भट्टराईले बताए ।

वर्तमान अवस्थामा धेरै युवाहरू स्वदेशमा नै फर्केर आफुले विदेशमा जानेकाे सिपलाई व्यवसायीक बनाउन लागि परिरहेकाे छ । जसमा रेष्टुरेण्ट, बार, क्याफे क्षेत्रमा धेरै युवाहरूले लगानि गरिरहेकाे र त्यसलाई व्यवसायीक हितका लागि आपसी समन्वय र सहकार्यका लागि संस्थाकाे महत्वपूर्ण भुमिका रहने संस्थाका सहसचिव सुनिल राईले बताए ।

विभिन्न संस्थाहरूमा बढ्दाे राजनीतिकरणले गर्दा व्यवसायीहरू मारमा पर्दै आएकाेले यस संस्थालाई पूर्ण रूपमा व्यवसायीहरू हक हितका लागि संगठित संस्थाकाे रूपमा एशाेसिएशन गठन भएकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्