विश्वासिलो सहकारीले सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने



दमक । दमक ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आज बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभा यसवर्ष कोरोना महामारीका कारण चरणवद्ध रुपमा गरिएको थियो ।


संस्थाका अध्यक्ष असिम राईको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक बिबेक डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

समापनमा अध्यक्ष राईले साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन र लेखा संयोजक खेमराज पौडेलको प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक छत्र केरुङले वताए ।

यसअघि ती दुवै प्रतिवेदन बुधबार कार्यालयमार्फत सदस्यहरुलाई वितरण गरिएको थियो ।त्यस्तैं, संस्थाको सम्पन्न साधारणसभाले आगामी बर्षदेखि चैत १२ गतेलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सदस्यहरुको आय आम्दानी र व्यवसाय प्रर्वद्धनका निम्ति सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने, सामाजिक क्षेत्रमा रचनात्मक तथा सृजनात्मक कार्यहरु गरिने उल्लेख गरिएको छ ।

साधारणसभा समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्भ mना साँवा, सचिव सुमन कुमार राई, , सञ्चालक समिति सदस्य नारायण प्रसाद खरेल ,अनिमा तामाङ, निर्मला लावती, युवरावज दंगाल, लेखा समिति संयोजक खेमराज पौडेल,सदस्यद्धय कविता फागो लिम्बू र माया राई,सञ्चालक समिति,शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्