झापाका थप ४१ जनामा कोरोना संक्रमण



झापा, २८ असोज । मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्य सहित पछिल्लो २४ घण्टामा झापामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र ३१ पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार गौरादहका १ पुरुष, मेचीनगरका दुई महिला ५ पुरुष, भद्रपुरका १ महिला १३ पुरुष, बिर्तामोडका ६ पुरुष, अर्जुनधाराका २ महिला १ पुरुष, बुद्धशान्ती २ महिला १ पुरुष, १ महिला २ पुरुष र दमकका २ महिला २ पुरुष गरि ४१ जनामा संक्रमण पुष्टि भएको छ ।

मेचीनगरमा संक्रमण पुष्टि भएका मध्ये १ जना जनप्रतिािधी र २ जना स्वास्थ्यकर्मी , भद्रपुरमा संक्रमण पुष्टि भएका मध्ये नौ जना कैदि र बिर्तामोडमा संक्रमण पुष्टि भएका मध्ये ३ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

झापामा हालसम्म संक्रमितको संख्या ११६७ पुगेको छ । जसमा ९११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । २४४ जना सक्रिय संक्रमित हुँदा १२ जनाको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्