मोरङको रङ्गेलीमा खुल्ला ब्यायमशाला सञ्चालनमा ,मेयर अग्रवालले गरे उद्घाटन



मोरङ,अशोज २७ /मोरङको रङ्गेली नगरपालिका ८ दर्वेशा चौकमा आजबाट खुल्ला ब्यायमशाला सञ्चालनमा आएको छ । ब्यायमशालाको एक कार्यक्रमकाबिच रङ्गेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले रिवन काटेर उद्घाटन गरे ।

वडाध्यक्ष टंक प्रशाद भट्टराईका अनुसार रङ्गेली नगरपालिका वडा नम्बर ८ को ५ लाख बजेटमा सो खुल्ला ब्यायमशाला सञ्चालनमा आएको हो । सो ब्यायमशालामा मिनि जिम सेट अन्तर्गतका सामाग्रीहरु रहेका छन् ।

खुल्ला ब्यायमशालाको उद्घाटन गदै मेयर अग्रवालले अहिलेको समयमा मानिसहरु कुनै न कुनै रोगले ग्रसित भएको तथा खानपिन अनुसारको शारिरिक ब्यायमको आवश्यता भएकोले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै खुल्ला ब्यायमशाला सञ्चालनमा ल्याएको बताए ।

मेयर अग्रवालले भने-हरेक मानिसले ब्यायम गर्न आवश्यक भएको छ । उनले विदेशमा देखेर आएको खुल्ला जिमको पनि अनुभव सुनाए । उनले नगरका सबै वडामा खुल्ला ब्यायमशाला स्थापना गर्ने घोषणा गरे । उनले रोग लागेर लाखौँ खर्च गर्नु भन्दा अहिले नै स्वास्थ्यको ख्याल गर्नुपर्ने धारणा राखे । सो खुल्ला ब्यायमशालाका सामाग्रीहरु न्यु आनन्द टेर्डस बिराटनगरले उपलब्ध गराएको हो ।

यो किसिमा ब्यायमशालामा युवाहरुको बढी आर्कषण देखिएको छ । उनिहरु खुल्ला ब्यायमशाला देखेर मख्ख थिए । आर्थीक अवस्था कमजोर भएका र जिमशाला सम्म जान नसक्ने गाउँघरका स्थानिय नागरिकहरुमा यसको आर्कषण बढ्दो छ ।

नगरपालिकाको बजेटबाट ब्यायमशाला सञ्चालनमा आउँनु अत्यान्तै तारिफयोग्य काम भएको स्थानिय युवा दिलिप राजबंशीले बताए ।

यस्तै हर्षिद मुद्रामा भेटिएका अर्का युवा किरण न्यौपानेले आफुहरुका लागी नगरपालिकाले लाखौँ खर्च गरेर ब्यायमशाला स्थापना गरेकाले यसको संरक्षण गर्दै अघि बढ्ने सुनाए । नशा च्यापिने, सुगर ,प्रेसर जस्ता रोगसँग लड्न र स्वास्थ्यका लागी यसको धेरै महत्व छ ।

यस किसिमको ओपन जिम विदेशमा देखिए पनि नेपालमा नै आउँनु सकारात्मक कुरा हो । रङ्गेली नगरपालिकाले जस्तै खुल्ला ब्यायमको अवधारणा अन्य पालिका तथा स्थानीय तहरुले पनि अवलम्बन गर्न जरुरी देखिएको छ ।

ब्यायमका सामाग्रीसँगै पोषयुक्त खाना उत्पादन र वितरण पनि गर्ने गरेको न्यु आनन्द टेर्डसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्