दमकमा ५ सहित झापाका थप ११ जनामा कोरोना संक्रमण



दमक ,अशोज २६/ झापाको दमकका थप ५ जनामा कोरोना भाईरस पुष्टि भएको छ । सोमबार ३ महिलासहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनिहरु वडा नं ५ र ८ का स्थानिय छन् । उनिहरु २८ देखि ५१ बर्ष उमेर समुहका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।सबै स्थानीय हुन ।

आज दमकमा ५ ,भद्रपुरमा ४ र अर्जुनधारामा २ गरी झापाका ११ जना कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्