गीतकार बुद्धिमान थापाको ,सिधा मन, चर्चाको शिखरमा !राजेशपायल राईको सुमधुर आवाज



दिपक ओली

दमक ,अशोज २५ /साहित्यकार तथा समाजसेवी बुद्धिमान थापा मगरको (सिधा मन) बोलको गीत अहिले चर्चाको शिखरमा छ ।

मगरको शब्द र बसन्त सापकोटाको संगित तथा चर्चित गायक राजेशपायल राईको स्वरमा सजिएको सिधा मन बोलको गीत युटुब च्यानल इन्टरटेडमेन्ट सनसारबाट अगष्ट १६ मा सार्वजनिक भएको हो । अक्टोभर ११ सम्ममा सो गीतको म्युजिक भिडियोको १ लाख ८० हजार ६ सय ३८ भिअरर्स पुगेको छ ।

बेलडाँगी २ का पूर्वभुटानी शरणार्थी थापा हाल अमेरीकाको नेब्रास्का राज्यको ओमाहा सहरमा बस्छन् ।
थापा मगरको यो गीतको म्युजिक भिडियोमा भुटानी कलाकार बलबहादुर राई र रेनुका चाम्लिङको उत्कृष्ट अभिनय छ ।

सन् २०१६ नोभेम्बरमा पुर्नवासमार्फत अमेरिका पुगेका मगरले पुर्नवासपछि पनि नेपाली साहित्य र संगितलाई निरन्तर माया गर्दै आएको बताउँछन् । उनले थुप्रौँ कथा र गीतहरु रचना गरेका छन् । यो जुनीमा धोका दिनेलाईबाट गीत लेखन गरेका मगरको सो गीत सन् २०१९ मा श्रेयसी चेम्जोङले आवाज दिएकी थिइन् ।

 गीतकार थापा मगर
मगरका यो जुनीमा धोका दिनेलाई, भएन रे ,डोली चडाई र साथीसंगी लगायत थुप्रौँ गीतहरु रेर्कड भईसकेका छन् । मगरले अन्य गीत भन्दा सिधा मन विलकुलै फरक अनि मर्मस्पर्सी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्