स्वर्णलक्ष्मी सहकारीको शेयर सदस्य ४७६६, सरकारलाई बुझायो ५६ लाख ७० हजार कर



दमक ,अशोज २४ /झापा जिल्लाभर कार्यक्षेत्र रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक ६ झापाको बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कोरोना भाईरसका कारण ढिला भएको सहकारीको ११ औँ बार्षिक साधरणसभाको उद्घाटन कार्यक्रममा सहकारीका अध्यक्ष रवि न्यौपानेले बार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । आज शबिारबाट शुरु भएको सहकारीको बार्षिक साधरणसभा चरणगत रुपमा हुने बताइएको छ ।

साधरणसभा आज २४ गतेदेखि २८ गतेसम्म दमक,कमल, शिवताक्षी,गौरादमा सामाजिक दुरी कायम गरी चरणबद्ध हुने सहकारीका ब्यवस्थापक कमलकुमार घिमिरेले बताए । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीका हाल ४७६६ जना सदस्य छन् ।

सहकारीले सहकारीताका मुल्य मान्यता,सिद्धान्तलाई आत्मसाथ गर्दै आफ्ना सदस्यहरुलाई गुणस्तरीय, भरपर्दो ,बिस्वसनिय ,वितिय तथा गैरवित्तिय सेवा प्रवाह गर्दै आएको सहकारीले जनाएको छ ।

सहकारीले आर्थीक वर्ष २०७८/०७९ मा सदस्य संख्या १० हजार ,बचत निक्षेप ९५ करोड, ऋण लगानी १ अर्व १० करोड ,शेयर पुँजी १४ करोड र कुल कारोवार १ अर्व ३५ करोड पुर्याउने लक्ष्य लिएको बार्षिक प्रतिबेदनमा जनाइएको छ ।

सहकारीले अहिले शेयरमा लाभाशं वितरण ,संरक्षित पुँजी कोष ३.५ प्रतिशत सम्म फिर्ता,बचतमा उच्चतम् ब्याजदर ,ऋण लगानीमा सरलीकरण ,प्राँकृतिक प्रकोपमा राहत कोष १० हजार सहयोग ,सदस्यहरुको मृत्यु भएमा १५ हजारसम्म सहयोग ,दीर्घरोगीलाई १० हजार सम्म सहयोग ,सदस्य सुत्केरी भएमा २ पटक सम्म रु ३ हजार प्रदान ,सदस्यलाई न्युन ब्याजदरमा लगानी ,सदस्यलाई सम्मान तथा पुरस्कार ,दीर्घकालिन पेन्सन कार्यक्रममार्फत मासिक पेन्सन प्राप्त हुने लगातका सेवा सुविधा प्रदान गर्दै आएको अध्यक्ष रवि न्यौपानेले बताए ।

सहकारीको आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य ४,७६६ रहेका छन् । चुक्ता शेयर पुँजी ७,४४,२०,९०० कोष हिसाब ८८,४,६८,५७८.७४ कुल बचत ५,२३,२९,१६८२.३१ कुल ऋण लगानी ६५,८४,१०,५०८.५० यस्तै खुद बचत २,३०,५९,२८६.५२ गरी कुल कारोवार ७,९०१,२८,३७३.८४ रहेको अध्यक्षले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस सहकारीले आर्थीक बर्ष २०७६ ०७७ मा सरकारलाई ५६ लाख ७० हजार ३ सय ३७ रुपैयाँ बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्