झापामा जसपाका युवाहरुको विवाद सतहमा ! एक समुहको मोटरसाईकल र्याली ,अर्को समुहको विरोध



दमक, अशोज २१/ झापामा जसपाका युवाहरुको विवाद सतहमा आएको छ । २ दिन अघि ओली सरकारको बेतिथि र चरम लापरवाहीविरुद्ध खबरदारी गदै जनता समाजबादी पार्टीका युवाहरुको एक समुहले बृहत मोटरसाईकल र्याली निकाल्ने भन्दै पत्रकार सम्मेलन गरेको थियो ।

सो कार्यक्रम अशोज २२ गते विहिबारका लागी तय गरिएकोमा मोटरसाईकल र्यालीको पूर्वसन्ध्यामा जसपाकै अर्को एक समुहले पूर्वनिर्धारित सो कार्यक्रम रोक्न माग गरेको छ । तत्कालिन संघिय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबिच २०७६ बैशाख १० गते एकिकरण भएको थियो । समाजबादी पार्टी घोषण गरियो र मातहतका जन वर्गीय सङगठनबिच एकता भयो ।

सो बेलामा झापामा दुबै पार्टीका युवा सङगठनबिच एकता हुन सकेको थिएन । त्यहि अवस्थामा राजपासँग पार्टी एकता गरियो ।

र अहिले राष्ट्रिय जनता पार्टीको युवा सङगठनमा विवाद आएको हो । तत्कालिन संघिय समाजबादी फोरम नेपालको युवा संघ समाजबादी युवा फोरम र नयाँ शक्तिनिकट युवा संघ युवा शक्ति नेपाल झापा बिच एकता सम्भव नभएको अवस्थामा २०७५ फागुन ०८ गते पुनगठित समाजबादी युवा फोरम झापा र २०७६ माघ १० गतेको जिल्ला अधिवेशनबाट गठन भएको युवा शक्ति नेपाल झापाले २२ गते आयोजना गरिएको मोटरसाईकल र्यालीका बिषयमा आफुहरुसँग कुनै सल्लाह नगरिएको भन्दै विरोध जनाएका हुन् ।

पूर्व समाजबादी पार्टी नेपाल झापाका अध्यक्ष तथा बृहत र्यालीका संयोजक महेन्द्र कटुवाल समुहले र्याली आयोजना गरेको भए पनि खेम दाहाल अध्यक्ष रहेको समाजबादी युवा फोरम झापा र प्रज्वल भण्डारी उपाध्यक्ष रहेको युवा शक्ति नेपाल झापाले दमकमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै समाजबादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाबिचको युवा सम्मेलन गरी विधिवत समायोजन गर्न माग गरिएको हो ।

ओली सरकारको वेतिथि विरुद्ध खबरदारी गर्नु सकारात्मक र स्वागतयोग्य भए पनि समाजबादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापालाई जानकारी नगराई मोटरसाईकल र्याली गर्नु गैरजिम्वेवारको पराकाष्ट भएको बताइयो ।

यस अघि गत आईतबार जनता समाजबादी पार्टी सम्बद्ध युवा सङ्गठन झापाको आयोजनामा दुई तिहाई मत लिएर पनि जनताको अभिमतलाई वेवास्ता गर्दै भ्रष्टाचार ,कालोबजारी ,अपहरण ,हत्या हिंसा ,करणी जस्ता जघन्य अपराध नियन्त्रण गर्न खबरदारी गर्दै यहि अशोज २२ गते झापाको दमकदेखि काँकड्भिट्टासम्म र्याली आयोजना गरिएको पूर्व समाजबादी पार्टी नेपाल झापाका अध्यक्ष तथा बृहत र्यालीका संयोजक महेन्द्र कटुवालले बताएका थिए ।

शान्तिपूर्ण सो र्याली दमकमा कोणसभा गर्दै शुरु भई काँकड्भिट्टामा पुगेर कोणसभामा परिणत हुने बताइएको थियो ।

तर जनता समाजबादी पार्टीको केन्द्रिय नेतृत्व विवाद कायमै रहेको अवस्थामा झापामा पूर्वसमाजबादी पार्टी फोरम नेपाल र नयाँ शक्तिका युवा संघ एकता नै सम्पन्न नभएको खुलासा भएको हो । यस्तो अवस्थामा २२ गतेको मोटरसाईकल र्याली के हुन्छ भन्नेमा आशंका पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्