इन्दिराको तिमी बिना सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)



काठमाण्डौँ । पुरानी गायिका इन्दिरा भट्टराईको तिमी बिना बोलको गीतको भिडियो सोमबार सार्वजनिक भएको छ । सो गितको भिडियो इन्दिरा अडियो भिडियो म्युजिकमार्फत सार्वजनिक भएको हो ।

दुई दर्जन बढी गीत बजारमा ल्याईसकेकी भट्टराईले सोमबार सार्वजनिक गरेको तिमी बिना बोलको गीतमा उनीसँगै भुवन प्रकाश बडुको पनि स्वर रहेको छ । सो गितमा शब्द मनोजसिंह धामीको रहेको छ भने संगित भुवनप्रकाश बडु आफैले दिएका छन् । काठमाण्डौँमा छाँयाकन गरिएको सो भिडियोको निर्देशन होम धितालले गरेका हुन् ।

हाल युएईमा रहेकी गायिका भट्टराईले सार्वजनिक गरेको गीतलाई आम श्रोता एवम् दर्शकहरुले माया गरिदिने विश्वास लिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्