कान्तिपुरका पत्रकारले उडाए दमककी एक महिला ,श्रीमान प्रहरीको शरणमा



दमक झापाकी एक महिला २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छन् । झापा दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी ति महिलाले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी परिवारले जनाएको हो ।

गत असार १५ गते राजी खुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी श्रीमान राजु नेउपानेले बताए ।

यहि असोज ३ गते दिउँसो १ बजे घरबाट दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराई १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिई एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भागेकी न्यौपानेले सुनाए ।

उनले भने -पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल आइनन् पछि मैले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भनिन् । ,

ताराले छोडेको चिठ्ठीमा भनिएको छ ,‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।

तारालाई भगाउने युवक पृतम भट्टराई कान्तिपुर पब्लिकेशनको रिर्पोटर भएको बताइएको छ । ति युवकले समेत म्यासेन्जरमा कल गरी ध,म्क्याएका नेउपानेले बताए । ति युवकले तारा र आफूलाई नखोज्न र खोजी गरे न्यौपानेलाई सिध्याउनेसम्मको ध,म्की दिएको न्यौपानेले गुनासो गरेका छन् । यता नेपाने भने प्रहरीको शरणमा पुगेका छन् । उनले शनिबार इलाका प्रहरी कार्याल दमकमा जाहेरी दिएका हुन् ।

यस्तो छ ति युवकको धम्कि

प्रतिक्रिया दिनुहोस्