वामदेव मन्त्री हुने , समावेशी मन्त्रीमण्डलको तयारी



काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्टियसभा सदस्य वामदेव गौतम मन्त्री बन्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।

नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले गौतमलाई मन्त्री बनाउने खुलासा गरेका हुन् । उनले संविधानले गौतमलाई मन्त्री बन्न कुनै अवरोध नगरेको पनि स्पष्ट पारेका छन् । उनले भने-“वामदेवजी मन्त्री बन्नुहुन्छ । उहाँलाई मन्त्री बन्नको लागि संविधान बाधक छैन् ।”

त्यस्तै, खनालले छिट्टै मन्त्रिमण्डल पूनर्गठन गरिने तयारी भएको पनि जानकारी दिए । उनकाअनुसार अहिलेका अधिकांश मन्त्रीहरु हटाईने र उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याईने जनाए ।

खनालले समावेशिताअनुसार नै मन्त्रिमण्डल पूनर्गठन गरिन लागेको जनाए । पार्टीको सचिवालय बैठकमा समेत मन्त्रिण्डल पूनर्गठनबारे छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्