तेह्रथुममा बेवारिसे अवस्थामा फेला परेकाे बच्चाकाे आमा भेटियो



तेह्रथुम ४, असोज । तेह्रथुमको आठराई गाउँपालिका ४ ईवा कालिपामा बेवारिसे अवस्थामा फेला परेको बच्चाको आमा भेटिएको छ ।

कालिपाको कच्ची बाटोमा स्थानीयहरूले आइतबार बिहान ७:३० मा सालनाल सहितको बच्चा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बच्चा जन्माउने १६ वर्षीय बालिका रहेको प्रहरीले जनाएको छ ।

बच्चा र आमालाई जिल्ला अस्पताल पाँचथरमा राखिएको छ । आमा र बच्चाको अवस्था सामान्य रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।

बेवारिसे अवस्थामा बच्चा बाटोमा छाड्ने लाई प्रहरीले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्