सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं । सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई तोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडा गत भदौ २० गते कार्यकाल सकिएर बाहिरिएसँगै उक्द पद रिक्त रहेको थियो ।

प्रवक्ता चयन भएका ज्ञवालीले यसअघि सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्