वर्षा भन्छिन्, ‘स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितको ख्याल गरौँ’



काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छिन् ।

उनले सामाजिक संजाल मार्फत अहिले कोरोनाभाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै यो अवस्थामा दिनरात खटिने स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितलाई स्याहार दिन अनुरोध गरेकी हुन् ।

‘सानो अनुरोध’ भन्दै उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ,‘विश्वभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ । यो माहामारी नेपालमा पनि १–२ को सङ्ख्याबाट आज सयौं र हजारौँको सङ्ख्यामा दिनानुदिन बढिरहेको छ ।

क्वारेन्टिन, हस्पिटलका वार्डहरुमा सक्रमितहरु थपिँदै गईरहेका छन् । यस समयमा आफु र आफ्नाहरुलाइ सुरक्षित राख्नुपर्ने त छँदैछ, साथै स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सहि मूल्यांकन गर्नु पनि उत्तिकै जरुरी छ ।’

अभिनेत्री वर्षाले अहिलेको जटिल परिस्थितिमा एक–अर्काका लागि सहयोग, माया र सद्भाव आवश्यक रहेको समेत बताएकी छन् ।

‘केहि घटनाहरुमा सङ्क्र्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ सङक्रमितको स्याहारमा लाग्नु हुने डाक्टर र नर्सहरुमा पनि सङक्रमण देखिएपछि उहाँहरुलाई नै टोलछिमेकका सबै मिलेर दुराचार गर्ने प्रवृत्ती पक्कै पनि अशोभनीय छ’ उनले थपिन् ‘हालको यस जटिल परिस्थितिमा हाम्रा लागि दिनरात नभनि खटिनु हुनेलाई सम्मान गरौं ।’

वर्षाले समुदायमा देखिएका संङ्क्रमितको समेत विशेष ख्याल राख्न अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्