मैले नजिकबाट देखेको माधव कुमार नेपाल !



राम प्रसाद रिजाल । म लगायत मेरो नेतृत्व मा ५० जनाको हाराहारीमा तत्कालीन समाजवादी पार्टी छोडे्र नेकपामा प्रवेश गर्यो यस बीचमा पटक पटक नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री माधव कुमार नेपाललाई भेट गर्ने अवसर मलाई मिल्यो ।

यसक्रममा उहाँको शालिन व्यक्तित्व समयलाई एकदमै उचित ब्यवस्था गर्ने क्षमता मात्र हैन दिनमा सयौं मानिसहरु पार्टी भित्रका र बाहिरका उहाँको निवासमा दिनँहु घुईचो लाग्ने र नेता नेपाल लाई भेटे पछि सबै मानिसहरु प्रफुल्ल मुद्रामा बाहिर निस्किएको पाईयो ।

नेता नेपालको सरल व्यवहार सबै भेट्न जाने हरूलाई उहाँले गर्ने सम्मानित व्यवहार गम्भीर भएर सवै जनाको कुरा सुन्ने प्रवृत्ति को कारण नेपाल निवास कोटेश्वरमा आफ्ना समस्याहरु लिएर आउने नेकपाका नेता कार्यकर्ता मात्र होइन सबै खालका जनसमुदायहरु को बाक्लो भिडभाड्ले कोटेश्वर निवास प्रधानमन्ती निवास वालुवाटार हो की भन्ने भान हुन्छ ।

नेता नेपालको निवासमा देखिएको चहलपहलले नेकपाको नेतृत्व वरिष्ठ नेता नेपालको हातमा भविष्यमा जान्छ र नेपाल जतिको नेतालाई पार्टीको र सरकारको नेतृत्वमा बलियो रुपमा उभ्याएको अवस्थामा मुलुकले काँचुली फेर्ने कुरामा कसैको दुईमत छैन ।

नेता नेपालको वानी व्यवहराले म पनि उँहासँग निक्कै प्रभावित भएको छु । उहाँको विषय मा जसले नकारात्मक टिप्पणी गरीरहेका छन उनीहरुले नेता नेपालको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो । त्यति मात्र होईन सादा जीवन र उच्च विचारका धनी अन्र्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपालको बहुआयमिक व्यक्तित्वको कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टीलाई व्यापारको रुपमा पैसा कमाउन पेसा सम्झेकाहरु नेता नेपालको विरोध गरीरहेका छन ।

तर समयको माग राष्ट्रको जनतको माग नै नेता नेपाल भईसकेकोले र उहाँको भिष्म प्रतिज्ञा ले आज पार्टी फुटाउन खोज्ने हरु पार्टी लाई विधिः पद्धितिमा हिडांउन नखोज्नेहरु आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन ।

नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टीमा देखिएका रोगहरू निराकरण गर्न नेता नेपाल ले खेलिरहनु भएको भूमिका नेकपाको इतिहास मा लेखिन्छ यसको सम्पूर्ण नेपाली जनता ले नेकपा पार्टी ले मूल्यांकन गर्नेपर्छ आज नेता नेपाल को विचार मार्गदर्शन उहाँको मात्र विचार भएको छैन सिंगों पार्टीको विचार पार्टी को सिद्धांत पार्टी को विधान पार्टी को मार्ग दर्शन पार्टीको पद्धति भएको छ ।

(लेखक राम प्रसाद रिजाल नेकपाका युवा नेता समाजवादी पार्टीको पूर्व सहायक प्रवक्ता समेत हुन )

प्रतिक्रिया दिनुहोस्