पार्टी एकता हुँदै गर्दा मैले भनेको थिए नेकपा यस कारण फुट्छ भनेर…



काठमाडौ । नेकपा पार्टीका नेता प्रदिप नेपाल अहिले राजनीति पेशाबाट आफूलाई केही वर्षदेखि टाढा राखिरहेका छन् । रहरले भन्दा पनि वाध्यताले आफू पार्टीमा सक्रिय हुन नसकेको उनको भनाई रहेको छ ।

नेकपा पार्टीको एकता गर्न मुख्य भूमिका निभाएका प्रदिप नेपाललाई एकतासंगै यो पार्टी धेरै समय टिक्दैन भन्ने लागेको थियो जसले गर्दा आफू पार्टीबाट टाढिनु परेको उल्लेख गरेका छन् । आफूलाई स्वास्थ्यको समस्याले गर्दा पनि सक्रिय हुन नसकेको साथै पार्टीका शिर्ष नेताहरुले समेत आफूलाई अहिले वेवाष्ता गरेको तितो सत्य ओकलेका छन् ।

क्यानाडा नेपालसंगको कुराकानीमा प्रदिप नेपालले भने, “मैले पार्टी एकता गर्दा भनेको थिएँ यदि प्रचण्डले जनताको बहुदलीय जनवाद स्वीकारे भने मात्र यो एकता रहिरहन्छ नत्र पार्टी फुट्न धेरै समय लाग्दैन । तर सायद त्यो बेला मेरो यो कुरामा खासै वास्ता गरेनन् तर अहिले बुझेका छन् जस्तो लाग्छ । यो पार्टी एकता टिक्न प्रचण्डले ‘जबज’ स्वीकार्नु पर्यो जुन कुरा मैले एकता अघि नै सोधेको थिएँ ।”

नेकपा पार्टी एकता गर्न आफुले खेलेको भूमिका सम्झिदै नेता नेपालले भने, “पार्टी एकता नि भयो तर आजसम्म मलाई कुनै नेताहरु भेट्न आउनु भएन न नै सोध्नु भयो । नेकपा पार्टीमा भ्रष्ट हुनुपर्छ वा कुनै गुटमा लाग्नुपर्छ नत्र वास्ता गर्दैनन् रहेछ भन्ने बुझें ।”

प्रतिक्रिया दिनुहोस्