यस्तो रैछ मन्त्रि भट्टले प्रचण्डको साथ छोड्नुको रहस्य



काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा उद्योगमन्त्री लेखराज भट्टले आफू र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच बाहिर चर्चा भएजस्तो सम्बन्ध नचिसिएको र र पानी बाराबारको अवस्थापनि नरहेको स्पष्ट पारेका छन् ।

यद्धपी उनले हिजो अध्यक्ष दाहालले बोलाएको पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुको भेलामा आफू नगएको स्पष्ट पारे ।

उनले उक्त भेलालाई समय सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । उनले के सही र के गलत ? र कुन बेलामा भेट्न जाने वा नजाने ? भन्नेबारे आफूले छुट्याउने सक्ने पनि जनाए ।

सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल मिलेर जानुको विकल्प नभएको जिकिर गरे । अरु के के भने ? हेरौं भिडिओमा :

प्रतिक्रिया दिनुहोस्