झापामा काेराेना संक्रमित सशस्त्र प्रहरीकाे संख्या ३५ पुग्याे


भद्रपुर – झापामा ३५ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। काँकडभिट्टा नाकामा खटिएका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सशस्त्र प्रहरीको सङ्ख्या ३५ पुगेको हो।

शुक्रबार मात्रै जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेकुवा राजश्व तथा भन्सार गस्ती सुरक्षा काँकडभिट्टामा कार्यरत १० पुरुष, दुई महिला सशस्त्र प्रहरी र होम क्वारेन्टाइनमा बसेका अर्जुनधारा नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। सङ्क्रमितमध्ये पुरुषलाई मोरङको गोठगाउँ र महिला सशस्त्रलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्