झापाको कमलमा मोटरसाईकलको ठक्करबाट एक बृद्ध गम्भिर घाईते


दमक /झापाको कमल गाउँपालिका ६ दहिचौकमा मोटरसाईकलको ठक्करबाट एक बृद्ध सक्त घाईते भएका छन् । मंगलबार पाँडाजुगि गौरीगञ्ज सडकखण्डमा पर्ने दहिचौकमा मोटरसाईकलको ठक्करबाट८६ बर्षीय छबिलाल गुरागाई गम्भिर घाईते भएका हुन् ।

घाँस बोकेर बाटो काट्न लागेका उनलाई बा७२ प २२६८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ । घाईते बृद्धलाई उपचारका लागी दमकस्थित लाईफलाईन अस्पताल पठाइको छ । घटना करिब ४ :३० बजेको हो ।

प्रतिक्रिया दिनुहोस्