मकवानपुरमा पनि पुस्पलाल मित्रता केन्द्र गठन, ३ महिना भित्र ७७ नै जिल्लामा गठन गरिने


हेटौडा नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको नाममा स्थापना गरिएको पुस्पलाल मित्रता केन्द्रको मकवानपुरमा पनि गठन गरिएको छ। पुस्पलाल मित्रता केन्द्रका सचिवालय सदस्य , नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज माननीय बिरोध खतिवडाको अगुवाईमा मदन दाहालको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो।

समितिको उपाध्यक्षमा तेज प्रसाद रुपाखेती र शृजना थिङ्ग ,सचिबमा कमान सिंह पाख्रिनका साथै उपसचिवमा इश्वर ढुंगाना रहेका छन्। भेलाको उदघाटन गर्दै माननीय बिरोध खतिवडाले संस्थापक नेता पुष्पलालको योगदानको स्मरण गर्दै नेपालमा कम्युनिष्ट पार्टीको आन्दोलनको बिजापरण पनि उनीबाट नै भएको बताए ।

नीति बनाउनेले नै नेतृत्व गर्न नसक्दा थप समस्या भएको भन्दै उनले यो संस्था पार्टी र सरकारको संस्था नभएको बताए। यो संस्थाले बैचारिक बहस चलाउने उनको भनाइ थियो।

मा. खतिवडाले पुस्पलाल मिलन केन्द्र कोरोनाको कारण अहिले करिब २० जिल्लामा मात्र गठन भएपनि अभियान रुपमा अबको ३ महिना भित्र ७७ जिल्लामा नै बिस्तार गरिने बताए। पार्टीको साथ् पाएर नै सरकारले काम गर्न सकेको बताउदै उनले अहिलेको समय रास्ट्र्बादी र रास्ट्र घाती भन्ने समय नभएको बताए ।

नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य मुनु सिग्देलले पार्टीलाइ समाजबादमा कसरी पुर्याउन सकिन्छ भन्ने बुज्नु जरुरी रहेको बताइन भने पार्टी सचिब तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए।

कार्यक्रममा पुस्पलाल मित्रता केन्द्र रौतहटका अध्यक्ष लक्ष्मण रेग्मी लगायत जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भगवती पुडासैनी , हेटौडा उपमहानगरपालिका उपप्रमुख मीना लामा ,संबिधान सभा सदस्य राजाराम स्याङ्ताङ्ग लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्