माधव कमरेडहरूले प्रचण्डजस्तो ‘बोल्ड डिसिजन’ गर्ने नेतालाई फ्याङ्गलो बनाए


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश बस्नेतले पार्टी संकटमा छ भने घोषणा गरेर एकताविरुद्ध अभिव्यक्ति दिँदै एकले–अर्कोलाई आक्षेप लगाउँदै जाने हो भने उहाँहरू नायक होइन नालायक पो हुनुहुन्छ कि भन्ने परिस्थिति सिर्जना हुनेतर्फ सचेत गराए ।

शनिबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘आम कम्युनिष्ट पार्टीभित्र मुलुक र परिस्थितिमा पुगेको छ, पार्टीमा साथीभाइहरूले चिन्ताको विषयमा निकै संयमित भएर अगाडि जानुपर्छ ।

जुन खालका अस्वाभाविक खालका अस्थिरताहरू देखिएका छन्, आम जनताले रुचाएका छैनन् जस्तो लाग्छ मलाई ।’ उनले अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले आयोगमा दर्ता गराएर पार्टी फुटाईसक्नुभएको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर बस्नेतले भने,‘यो आधारहीन कुराहरूको आरोप लगाएर एकले अर्कालाई हिलो छ्यापेर आफ्नो कद हटाउने काम नहुँदाखेरि नै राम्रो हून्छ ।’ प्रस्तुत छ बस्नेतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री के.पी. शर्मा ओलीप्रति प्रचण्डले फेरि पनि कटाक्ष गर्नुभएको छ र भन्नुभएको छ, पार्टी संकटमा छ । उहाँले सबै कुरा ठिकठाक छ । के यो भन्नु गलत हो ?

इतिहासको एउटा गम्भीर कालखण्डहरूमा नेतृत्वहरू भएको छ । नायक बन्ने कि नालायक बन्ने भन्ने एउटा गम्भीर जोखिममा पनि उहाँहरू हुनुहुन्छ । यतिखेर सिंगो कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने एउटा महानायकको भूमिका खेल्नुपर्ने ठाउँमा कमरेड के.पी. र कमरेड प्रचण्डलगायतका नेताहरू हुनुहुन्छ ।

पार्टीलाई संकटमा छ भने घोषणा गरेर एकताविरुद्ध अभिव्यक्ति दिँदै एकले–अर्कोलाई आक्षेप लगाउँदै जाने हो भने उहाँहरू नायक होइन नालायक पो हुनुहुन्छ कि भन्ने परिस्थिति सिर्जना हुन्छ । आम कम्युनिष्ट पार्टीभित्र मुलुक र परिस्थितिमा पुगेको छ, पार्टीमा साथीभाइहरूले चिन्ताको विषयमा निकै संयमित भएर अगाडि जानुपर्छ । जुन खालका अस्वाभाविक खालका अस्थिरताहरू देखिएका छन्, आम जनताले रुचाएका छैनन् जस्तो लाग्छ मलाई ।

प्रचण्डले प्रष्ट रूपमा भन्नुभएको छ–नेपाल कम्युनिष्ट पार्टी दर्ता गराएर के.पी. शर्मा ओलीले पार्टी फुटाइसक्नु भएको छ । हिजो उहाँले खुलासा गर्नुभएको तपाईलाई थाहा छैन् ?

यो आधारहीन कुराहरूको आरोप लगाएर एकले–अर्कालाई हिलो छ्यापेर आफ्नो कद हटाउने काम नहुँदाखेरि नै राम्रो हून्छ ।

निर्वाचन आयोगमा एमाले पार्टी दर्ता भयो । त्यो त प्रधानमन्त्रीको निर्देशनमा भएको हो भनेर उहाँले भन्नुभएको छ नि ?

निर्वाचन आयोगमा एमाले पनि दर्ता भएको छ । माओवादी केन्द्र पनि दर्ता भएको छ । सबै दर्ताका प्रक्रियाबारेमा पार्टीले आवश्यक परेको खण्डमा छानविन गरेपनि भयो । लोकतन्त्रमा बहुदलीय व्यवस्था गर्ने प्रक्रियामा पार्टी दर्ता गर्ने कुरा सामान्य हो । नेपाल कम्युनिष्ट पार्टी बलियो, मजबुत र एकताबद्ध ढंगले अगाडि गएनौँ भने कुनै पार्टीको अस्तित्व रहँदा पनि रहँदैन । हामी विभाजनमा गयौँ भने कुनै नयाँ पार्टी दर्ता गर्नु पनि पर्दैन ।

अन्य पार्टीहरूलाई पनि त्यसको लाभ प्राप्त नै हुन्छ । नेकपा कमजोर हुँदा त्यसको लाभ कांग्रेसले पनि प्राप्त गर्ला, मधेशवादी दलले प्राप्त गर्ला, अहिले भईरहेका अन्य दलहरूले पनि प्राप्त गर्लान् । नयाँ दलहरू पनि आउला । मूलतः नेताहरूले आफ्नो पार्टीलाई एकताबद्ध बनाउने, राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा विचलनतर्फ जान खोजेको पार्टीलाई ठिक ठाउँमा ल्याउने कुरालाई सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने ठाउँमा अहिले कमरेड के.पी. शर्मा ओली, कमरेड प्रचण्ड, माधव नेपाल, झलनाथ, वामदेव गोतमहरू हुनुहुन्छ । सबैभन्दा धेरै जनताप्रति जिम्मेवार भएर उहाँहरू बोल्नुपर्छ ।

तपाईले पनि निर्देशन दिनुभएको हो । तपाईको ग्राण्ड डिजाइनमा नेपाल कम्युनिष्ट पार्टी एमाले दर्ता भएको भन्ने तथ्य प्रमाणहरू आए । वामदेव गौतमले खुलासा नै गर्नुभयो स्थायी समितिको बैठकमा, तपाईलाई थाहा छैन् ?

नेपाल कम्युनिष्ट पार्टी एमालेका कतिपय साथीहरूको स्टाटसमा हाम्रा फोटोहरू, हामीसँग बसेका फोटोहरूको कारणले यी आशंकाहरू गरिएका हुन् । नियतवश नै यो पार्टी दर्ता भएको होइन ।

नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजनको रेखांकन कोरिएको हुँदाखेरि नेकपा एमालेको डोमेन सुरक्षा गर्नुपर्छ भन्ने हिसाबले एमालेलाई माया गर्ने पूर्वसाथीहरूले यो पार्टी दर्ता गर्ने प्रक्रियामा अगाडि जानुभएको हो भन्ने कुरा मैले बुझेँ । प्रधानमन्त्री विभाजनमा छन् भन्ने कुराको सेन्टिमेन्ट देखाउन त्यो कुरा हुँदैछ ।

यदि विभाजन भइहाल्यो भने पनि त्यो विभाजनको दोष प्रधानमन्त्री र उहाँसँग निकट भएका मानिसहरूलाई लगाएर यो विभाजनको कारण उहाँको कारणले भएको हो । हाम्रो कारणले भएको होइन भन्ने खालको अभिव्यक्तिहरू नेताहरूबाट आएको छ, अहिले सबैभन्दा बढी विवेक पु¥याएर बोल्नुपर्ने नेताहरूले नै जिम्मेवार ढंगले र विवेक नपु¥याएर बोलेको जुन परिस्थिति बनेको छ, त्यो कुराहरूले उहाँहरूलाई नै क्षति पु¥याउँछ ।

अवसरवादी चरित्रहरू प्रकट हुने ढंगले जुन बोल्ने र अरूलाई हिलो छ्याप्ने र पानीमाथिको ओभानो बन्ने प्रयत्नहरू जुन सुरु भएको छ, यसले सिंगो आन्दोलनलाई फाइदा गर्दैन । त्यो कम्युुनिष्ट आन्दोलनको नोक्सानी भनेको मुलुकको नोक्सानी हुने स्थिति छ ।

माधवकुमार नेपालले के भन्नुभएको छ भन्दाखेरि–बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ । निर्णय मान्दिनँ भन्ने छुट कसैलाई छैन । के.पी. शर्माले मान्नुपर्छ । हिजो उहाँको तर्क आएको छ नि ?

विधि प्रक्रियाको वकालत गरेर नथाक्ने कमरेड माधवकुमार नेपाललाई म के अनुरोध गर्न चाहन्छु भने–महाधिवेशनको प्रस्ताव गरेपछि सबैभन्दा पहिला उहाँनै बुरुक्क उफ्रिनुभयो ।

विधि प्रक्रिया भनेको त महाधिवेशनमा जाने प्रक्रिया नै होला नि त । आम निर्वाचनमार्फत जनताले सार्वभौमसत्ताको प्रयोग गर्छन् । फागुन÷चैतमा होइन मंसिरमा नै महाधिवेशन गरौँ भनेर एकल नेतृत्वमा अध्यक्ष चयन गर्ने प्रक्रियामा लग्ने लगभग सहमति भईसकेको अवस्थामा सबैभन्दा बढी आपत्ति जनाउने कुरा कमरेड माधव कमरेडबाट नै भयो ।

त्यसपछि प्रचण्ड कमरेडलाई कस्तो ठाउँमा पु¥याइयो भने राष्ट्रपतिकहाँ गएको कुरा पनि बाध्यतावश लगियो भन्ने कुरामा प्रचण्डलाई पु¥याइयो । मलाई के लाग्छ भने प्रचण्डजस्तो बोेल्ड डिसिजन गर्ने नेतालाई त्यस्तो फ्याङ्गलो बनाउने कुरामा माधव कमरेडहरूले जुन खालको दबाब सिर्जना गर्नुभयो र एउटा गुटको राजनीतिलाई जुन आधारमा बल दिइरहनु भएको छ, के.पी., प्रचण्ड कमरेडहरूलाई कमजोर बनाउनु उहाँको भूमिका रहेको छ ।

यसले कम्युनिष्ट आन्दोलनलाई नै असर गर्छ । त्यसकारणले पार्टीलाई एउटा विधि र पद्धतिमा लैजाने कुरामा सबैले आफुलाई धेरै वकालत गर्ने कुरामा महाधिवेशनमा गएर यो पार्टीलाई सही संगठनात्मक संरचनामा अगाडि लैजाने कुरामा उहाँको भूमिका हुनुपर्छ नकि उहाँले नेताहरूलाई च्याप्दै अप्ठ्यारोमा पार्दै नेताहरूलाई कमजोर बनाउने कुरामा उहाँको भूमिका हुनुहुँदैन ।

माधवकुमार नेपालको भनाइ आएको छ, पार्टी संस्थागत हुन सकेन । के.पी. शर्मा ओलीले व्यक्तिगत रूपमा पार्टीलाई चलाउनुभयो । सरकारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्नुभएन । उहाँ चुक्नुभयो, काम राम्रो भएन भनेर राजीनामा दिँदाखेरि राम्रो हुन्छ भनेर ?

पार्टी संस्थागत भनेको के हो भने महाधिवेशन नहुन्जेलसम्म पार्टीको भूमिका केन्द्रिय कमिटीले गर्छ । केन्दिू्रय कमिटी नहुँदा स्थायी कमिटीले गर्छ । त्यसपछि नेकपाको प्रतिनिधित्व सचिवालयले गर्छ । सचिवालयको बैठक नहुँदा त्यसको प्रतिनिधित्व पार्टी अध्यक्षले गर्छ । पार्टीको वैधानिक व्यवस्था नै त्यही हो ।

दुईवटा अध्यक्षले बोलेको कुरा संस्थागत होइन, यो व्यक्तिगत हो भनेर व्याख्या गर्न पाइँदैन । पार्टीभित्रको विधान र प्रचलित मान्यताले हामी आएका छौँ । त्यसबाहेक सचिवालय, स्थायी कमिटी वा अन्य कमिटीले गरेका निर्णयहरूलाई पनि नेताहरूले सिर्जनात्मक ढंगले लाग्नुपर्ने कुरा हो । आजसम्म मैले बुझेको इतिहासमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी, स्थायी कमिटी र सचिवालयले सबै निर्र्णयहरू कार्यान्वयनको तहमा गएका छन् तर पार्टी एकता प्रक्रिया ढिला भएको छ, महाधिवेशन ढिला भएका छन्, यो सबै दोष के.पी. शर्मा ओलीलाई हालिदिएर हामी पानीमाथिको ओभानो पाउँला भनेर नेताहरूले नसोचे हुन्छ ।

प्रधानमन्त्री ओलीले देश बिर्गानुभयो भन्ने उहाँहरूको आरोप छ ?

प्रधानमन्त्रीले देश बिगार्नुभयो भन्ने कुरा माधव नेपाल र प्रचण्डले एक ठाउँमा उभिएर घोषणा गर्न पाइयो र ? त्यो त जनताको मत होला, भोली निर्वाचन होला, आज सडकदेखि सोसियल मिडियामा आएका हरेक अभिव्यक्तिहरू होलान् । समग्रमा हेर्दा अहिले इन्डिकेटर अनुसार सरकारको वाहवाही नै भएको पाइन्छ ।

चाहे कोरोनाको सन्दर्भमा होस्, चाहे नेपाली भूभाग फिर्ता ल्याउने सन्दर्भमा होस्, चाहे प्राकृतिक विपत्तिमा खेलेका भूमिकाहरू हुन् । सरकारलाई जुन घेराबन्दी, काम गर्न नसक्ने अवस्थामा स्वयम् पार्टीभित्रबाट अनावश्यक दबाबका बाबजुत पनि सरकारले गरेका काम छन् । सुन्दरमणि दिक्षितदेखि लिएर भद्रकुमारी घलेसम्म, हिजो सरकारप्रति आलोचना गनेए ज्ञानेन्द्र शाहीदेखि रमेश प्रसाईँ, सबैको अभिव्यक्ति यो सबै हेर्दाखेरि वर्तमान सरकारको पक्षमा नै सबै कुरा देखिन्छ ।

पार्टीभित्रकै नेताहरूको आलोचना छ ?

त्यो त मनमा कसैले प्रधानमन्त्रीको इच्छा सजाउनुभएको छ । त्यो उहाँहरूले होटलमा गएर बैठक गर्नुहुन्छ । पद बाँड्नुहुन्छ अनि कहीँ कतै बोली चिप्ल्यो भने त्यो गुटको घेराभित्र रमाउने भएपछि गुटको घेरोले जे आदेश दिन्छ, त्यो पालना गर्नुपर्ने हुन्छ । गुटको घेरा नाघ्न खोजियो भने गुटका गुटियारहरूले दबाब दिन थाल्छन् । त्यसो भएको हुनाले उहाँहरूले दिनुभएको अभिव्यक्ति निश्चित पदका लागि बाँडफाँडका जुन बण्डाहरू छन्, त्यसैको अभिव्यक्तिहरू हुन् । एउटा औला पार्टी अध्यक्षतिर तेर्सिन्छ, ४ वटा औलाहरू उहाँहरूतिरै तेर्सिन्छ ।

प्रचण्डको भनाइ के छ भन्दाखेरि राष्ट्रियताको नक्सा जारी हुँदाखेरि, लिम्पियाधुरा, कालापानी राख्दाखेरि के.पी. शर्मा ओलीले गरेको होइन, हामीले गरेको हो, पार्टीले गरेको हो, पार्टीको निर्देशन प्रधानमन्त्रीले मानेको हो । प्रधानमन्त्रीले त नीति र कार्यक्रम लेख्न पनि तयार हुनुभएको थिएन । हामीले त त्यतिखेर दबाब दिइसकेपछि मेरै अध्यक्षतामा बसेको बैठकले गरेको हो भनेर भन्नुभएको छ, उहाँले ?

त्यो त स्वभाविक ढंगले पार्टीले नै ग¥यो । के.पी. ओलीलाई अर्को पार्टीबाट ल्याएर अध्यक्ष बनाएको त होइन । यो पार्टीको पहिलो अध्यक्ष नै के.पी. ओली हो, यो मनमा राख्नुप¥यो । अर्को पार्टी कांग्रेसबाट ल्याएर हामीले पार्टी अध्यक्ष बनाएको हो र ? उहाँ नेकपाको पहिलो अध्यक्ष हो, प्रचण्ड दोस्रो अध्यक्ष हो ।

के.पी. ओलीपछाडिको मात्र उहाँ अध्यक्ष हो । त्यसैले प्रचण्ड पार्टी, के.पी. ओली पार्टी होइन भन्ने भ्रमबाट उहाँ मुक्त हुनुपर्छ एउटा कुरा । दोस्रो कुरा, पूर्वप्रधानमन्त्रीहरूले नै त्यस्तो नभने हुन्थ्यो, सफेद झुठ नबोले हुन्थ्यो । अब भावी प्रधानमन्त्री भन्नेहरूले भन्दा भयो । मेरो पालामा भए म यसो गर्थें भन्न पाइयो तर पूर्वप्रधानमन्त्री भइसकेका सबै नेताहरूको कुराहरू इतिहासको पानामा साक्षी छ । त्यसैले यो हामीले गरेका हौ, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको होइन भन्ने कुरा जनताले पत्याउने स्थिति म देख्दिन् ।

नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद छ । स्थायी कमिटीको बैठकमा अहिलेसम्म पनि छलफल टुंगिएको छैन । प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतमको एउटा तर्क आएको छ, सचिवालय, केन्द्रिय समिति र स्थायी समिति र संसदीय दलमा प्रधानमन्त्री अल्पमतमा हुनुहुन्छ भनेर, यो सही हो ?

प्रधानमन्त्रीले उहाँहरूलाई पद दिएर त अल्पमत भएको हो । पार्टी एकताको सन्दर्भमा के.पी. शर्मा ओलीले मलाई बहुमत तपाईहरूलाई बाँकी पद भनेको भए उहाँ बहुमतमा हुनुहुन्थ्यो नि त ।

यो कमिटी त महाधिवेशनबाट बनेको कमिटी त होइन नि त । के.पी. ओली र प्रचण्ड बसेर भागबण्डाबाट बनेको कमिटी हो । भागबण्डाबाट कमिटी बनाउने अनि महाधिवेशनसम्म पार्टी एकताबद्ध ढंगले जान्छ, पार्टीका सम्बन्धहरू मैत्रीपूर्ण ढंगले टुंगिन्छन्, दुईजना अध्यक्षबीचको समझदारीले मात्रै सबै कुरा हुन्छ भन्ने कुरा तपाई समझदारीपत्रमा हस्ताक्षर गर्ने, अनि त्यो हस्ताक्षर सुक्न नपाउँदै बहुमत–अल्पमतका आधारमा कुनै ५ जना नेता एक ठाउँमा बसेर विषयवस्तुलाई टुंग्याउने, प्रधानमन्त्रीको राजीनामाजस्तो संवेदनशील विषयमा समेत पनि बहुमत/अल्पमतका आधारमा टुंग्याउने ?

दुईतिहाइ माधव र प्रचण्ड कमरेडतिर र एकतिहाई के.पी. शर्मा ओली कमरेडतिर भन्ने लाग्दैन । यो जुन भ्रम दिनुभएको छ, भ्रमको फन्डा पनि अब सकियोजस्तो लाग्छ । अहिलेको पार्टी एकता कमिटीको बहुमत र अल्पमतको आधारमा टुंगिदैँन । बहुमत÷अल्पमतको आधारमा विषयवस्तु टुंग्याउन उहाँहरूलाई रहर लागेको हो भने मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव जुन पार्टी अध्यक्षबाट आएको छ, त्यसलाई आत्मसात् गरेर जाऔँ । महाधिवेशनपछाडि सर्वसम्मत नेतृत्व छान्ने हो कि ?

निर्वाचनको माध्यमबाट नेतृत्व छान्ने हो कि ? पार्टी अध्यक्ष माधव नेपाल हुने हो कि पार्टी अध्यक्ष कमरेड प्रचण्ड हुने हो कि ? त्यसपछिको कमिटी भनेको रेगुलर कमिटी हुन्छ । त्यसपछि बहुमत–अल्पमतको आधारमा जान सकिन्छ । अहिलेको कमिटीले बहुमत–अल्पमतको आधारमा प्रधानमन्त्रीको गम्भीर निर्णय गर्न सक्दैन ।

त्यसो भए प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न अहिले ?

प्रधानमन्त्रीले अध्यक्ष पदबाट पनि दिनुहुन्न, प्रधानमन्त्रीबाट पनि राजीनामा दिनुहुन्न । आज जुन इगोको प्रश्नहरू जन्मेको छ, उहाँहरूको इगोलाई सम्बोधन गर्नका लागि स्थायी कमिटीको बैठक स्थगित भइसकेको छ । उहाँहरूले आफ्नो इगोलाई ठिक ठाउँमा ल्याउनुपर्छ । विचलन र समस्या के–के हुन्, त्यसलाई समीक्षा गर्नुपर्छ । कतिपय कार्यशैलीमा पनि प्रश्नहरू उठाउनुभएको छ, त्यसमा पनि समीक्षा हुनुपर्छ ।

त्यसलाई पनि सच्याउनुपर्छ । किनभने गुटबन्दीको बीजारोपणको कारणले उत्पन्न भएका इगोको हल गर्ने कुरामा समीक्षा गर्नुपर्छ । स्थायी कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने कुरामा निर्णय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्