केर्खा खेलमैदानका लागी १५ लाख बजेट, स्तरउन्नतीको काम अन्तिम चरणमा


कमल /झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको केर्खा खेलमैदान स्तरउन्नतीको काम अन्तिम चरणमा पुगेको छ ।

प्रदेश एक सरकारबाट प्राप्त भएको रु १५ लाख बजेटबाट काम थालिएकोमा अन्तिम चरणमा पुगेको हो । खेलमैदान स्तरउन्नतीको काम अन्तर्गत चेन्जिङ्ग रुम ,स्टेज निर्माण ,ब्याटमिन्टन कोर्ट र गेट निर्माण लगायतका काम गरिएको पूर्व खेलाडी तथा केर्खा खेलमैदान निर्माण समितीका अध्यक्ष भुवानी प्रशाद थेवेले जानकारी दिए ।

स्थानीय खेलाडी तथा नयाँ पुस्ताका लागी आफु लगायत सिङ्गो टिमले नै काम गरिरहेको थेवेले बताए । काम गर्न केहि अफठ्यारो भए पनि काम सम्पन्न हुन लागेको भन्दै उनले खुसि महसुस गरे ।

२०७७ जेष्ठ २१ गतेबाट काम थालिएकोमा काम सम्पन्न गर्नुपर्ने निर्धारित मिति भन्दा केहि ढिला भएको समितीका सचिव सुदिप लिम्बुले बताए । लकडाउन र बर्षातको कारण काममा ढिलाई भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्